मधेश प्रदेश, मुख्य समाचार

जग्गा नै हडपिने दाउमा साहु गुप्ता रहेको पिडितको आरोप

रंजित चौरसिया
२०८० साउन ४ | मध्यान्ह ११:०४ बजे

बारा ४ साउन। तीन लाख चौसट्ठी हजारको सात बर्षमा ९ लाख चुक्ता गर्न सहमति भएपनी साहुकारले नमानेको महागढीमाई न.पा १ का निवासी पीडित जैकी गुप्ताले आरोप लगाएका छन । पीडित जैकी गुप्ताले अनुचित लेनदेन मिटर ब्याजी विरुद्ध जिल्ला प्रशासन कार्यालय बारामा निवेदन दर्ता गराएपनि समाजिक बैठकमा भएको सहमतिलाइ अस्विकार गर्दै साहु हरेन्द्र साह कानुले जग्गा हडपिने दाउमा लागेको अरोप लगाएका हुन ।

पिडित जैकि गुप्ताले दर्ता गराएको निवेदन पत्रका असार १५ गते साहुकार हरेन्द्र साह कानु र पीडित पक्ष बिच छलफल गराईएको भएपनि सहमति नजुटेपछी स्थानीय तहमै छलफलको लागि सहमति गरेका थिए । दुबै पक्षको सहमति अनुसार नै पीडित पक्ष र साहुकार हरेन्द्र साह कानु बिचको अनुचित लेनदेन मुद्दा महागढीमाई नगरपालिका अन्तर्गतको न्यायीक समितिमा नगर प्रमुख उपेन्द्र प्रसाद यादवको बिशेष उपस्थितिमा छलफल असार २० गते गराईएको थियो ।

महागढीमाई नगरपालिका वडा नं.१ निवासी हरेन्द्र साह कानुले बिगत सात बर्ष अघि १ लाख ६० हजार रुपैयाँ नगद पीडितको बुवा सुखाडी साह कानुलाई दिएर जग्गा आफ्नो नाममा दर्ता गराएका थिए । सोही मुद्दाको मेलमिलाप गराउन नगर प्रमुख उपेन्द्र प्रसाद यादवले पिडक र पीडित बिच आपसी समझदारी स्थानीय भद्र भलादमिको रोहबरमा डेढ महिना भित्र जग्गा फिर्ता दिइने गरि साहुकारलाई ९ लाख सवा ब्याज गरि भुक्तानी गर्ने सहमति गराईएको थियो ।

DocScanner 20 Jul 2023 10 58 pm 11455596354888566
स्थानीय सरकार प्रमुखले गरेको न्याय सम्पादनलाई समेत बिपक्षी साहुकार कानुले नमानेको र ९ लाख भन्दा बढी रकम मांगेको पीडित जैकी गुप्ताले बताए । अनुचित लेनदेन मिटर ब्याजी मुद्दामा साहुकार र पीडित दुबैलाई मर्का नहुनेगरी गरिएको फैसलामा दुबै पक्षले चित बुझाउनु पर्ने नगर प्रमुख उपेन्द्र प्रसाद यादवले बताउनु भयो ।

कमेन्टहरु