तस्कर, लुम्बिनी प्रदेश

नवलपरासीमा अबैध सामानसहित ट्रक र चालक पक्राउ(भिडियोसहित)

नवलपुर टुडे
२०८० साउन १ | बिहान १०:०४ बजे

नवलपरासी, साउन १ । नवलपरासीमा अबैध सामानसहित ट्रक र चालक पक्राउ परेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका- ५ बस्ने बर्ष ४० को मोहमद धानी पठान रहेको छ ।

उनलाई जिल्ला प्रहरी कार्यालबाट प्रहरी सहायक निरीक्षक चोप बहादुर केसीको कमाण्डमा खटिगएको ५ जनाको टोलीले सोमबार बिहान ८:१५ बजे रामग्राम नगरपालिका- ५ स्थित वाइपासबाट पक्राउ गरिएको हो ।

पठानले लु १ ख ६९०२ नं. को ट्रकमा भारतबाट भन्सार छली अबैध रुपमा चोरी पैठारी गरेर ल्याउदै गरेको अबस्थामा चेक जाँच गर्ने क्रममा पक्राउ गरिएका हुन । सो ट्रकमा चुरेल (मिठाई) ९२ बोरा अन्दाजी मुल्य रु. १,७६,६४०/- र ट्रकको अन्दाजी मुल्य रु.६,००,०००/- गरी जम्मा अन्दाजी मुल्य रु. ७,७६,६४०/-( ७ लाख ७६ हजार ६ सय ४० रुपियाँ बराबरको सामान र ट्रकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

नियन्त्रणमा लिईएका अबैध सामान, ट्रक र पठानलाई आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय पठाईएको पाण्डेयले बताए ।

कमेन्टहरु