देश, मधेश प्रदेश

मुन ड्रप्सको बोतलमा लेऊसहितको भेटियो अखाद्य पदार्थ

नवलपुर टुडे
२०८० असार ३० | मध्यान्ह १२:०३ बजे

दिपेश कुमार शाह
रौतहट । रौतहटको चन्द्रनिगाहपुरको एक पसलमा पिउनका लागी ल्याईएको मुन ड्रप्स नामको मिनरल वाटर बोतलमा रहेको पानीमा सेतो लेदोसहितको अखाद्य पदार्थ भेटिएको छ । 

शनिबार इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर नजिकैको एक पसलमा कम्पनीबाट खरिद गरिएको उक्त मुन ड्रप्स नामको पानीको सीलसहितको बोतलमा लेऊ र लेदोसहितको अखाद्य पदार्थ भेटिएको हो ।

मुन बेब्रेज ईण्डष्‍ट्रिज प्रालि चन्द्रपुर- ५  द्धारा उत्पादन गरिएको मुन ड्रप्स नामको पानीको बोतलमा लेदोसहितको अखाद्य पदार्थ भेटिएपछि अहिले चन्द्रनिगाहपुर सँगै रौतहट जिल्ला र सो आसपासका जिल्लामासमेत उक्त पानीका उपभोक्ताहरु त्रसित भएका छन् ।

पानीमा भेटिएको पदार्थ बारे जाँच गरिनुपर्ने र उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने कम्पनीमाथि कारबाही गरिनुपर्ने माग स्थानीयले गरेका छन्। 

कमेन्टहरु