तस्कर

नवलपरासीको सरावलबाट अबैध सामान बरामद

नवलपुर टुडे
२०८० असार २५ | बिहान १०:०३ बजे

नवलपरासी, असार २५ । नवलपरासीमा प्रहरीले अबैध सामान बरामद गरेको छ । सरावल गाउँपालिका- ४ गोबरहिया चोकबाट भारतबाट भन्सार छली नेपाल ल्याएको सामान बरामद गरिएको हो ।

सोमबार बिहान ६:३० बजे युपि ५६ के ६८०८ मोटरसाइकलमा भारतबाट नेपाल ल्याउदै गरेको प्राप्त सुचनाको आधारमा प्रहरी चौकी गोबरहियाबाट प्र.स.नि. हरी अधिकारीको कमाण्डमा खटि गएको गस्ती टोलीलाई देखेपछि तस्करले मोटरसाइकल र सामान छोडेर फरार भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी भोजराज पाण्डेयले जानकारी दिए ।

बरामद सामान कुर्ता सुरवाल ८१ पिस रु. ४०,५००/-(चालिस हजार पाँच सय), ओम लेखेको टिसर्ट सानो ठुलो गरी ६२५ पिस रु.१४७,४८०/-(एक लाख सतचालीस हजार चार सय असी) गरी जम्मा मुल्य रु. १,८७,९८०/-( एक लाख सतासी हजार नौ सय असी बराबरको रहेको पाण्डेयले बताए ।

फरार तस्करको खोजतलास गरिरहेको छ । प्रहरीले नियन्त्रणमा लिईएका मोटरसाइकल र सामान थप कारबाहीको लागि भन्सार कार्यालय महेसपुर पठाउने तयारी गरिरहेकोसमेत पाण्डेयले बताए ।

कमेन्टहरु