सूचना / प्रबिधि

राष्ट्रिय परीक्षा बोर्डले एसईईको परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी

नवलपुर टुडे
२०८० असार २० | बिहान ११:०३ बजे

काठमाडौ, असार २० । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशन गर्ने अन्तिम तयारी गरेको छ । बोर्डले एक/दुई दिनमै नतिजा प्रकाशनको तयारी गरेको छ । प्राविधिक काम सकिएमा बुधबार नै परीक्षा बोर्डको बैठक बस्ने तयारी छ । बैठकले नतिजा सार्वजनिक गर्नेबारे निर्णय गर्नेछ। बोर्डले कक्षा १० को यसअघिको जस्तै लेटर ग्रेडिङ निर्देशिका-२०७२ अनुसार प्रकाशित गर्ने तयारी गरेको छ।

एसईईको नतिजा बेवसाइट, एसएमएस र आईभीआरबाट प्रकाशित गर्ने बोर्डले जनाएको छ । नतिजा प्रकाशनका लागि पाँचवटा संस्थाले अनुमति पाएका छन्। नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र क्रियसन सफ्ट नेपाल प्रालिले एसईईको नतिजा प्रकाशनका लागि अनुमति पाएका हुन्।

यस्तै १४ वटा वेवसाइटबाट पनि नतिजा हेर्न मिल्ने बोर्डले जनाएको छ । गत चैत १७ गतेदेखि सञ्चालित परीक्षामा ४ लाख ८५ हजार ३ सय ९६ विद्यार्थी सहभागी थिए ।

कमेन्टहरु