तस्कर, लुम्बिनी प्रदेश

बिजयनगरका काठ र फर्निचर उद्योगमा भारतीय अबैध काठ, प्रशासनले सानो मात्रामा बरामद गर्ने स्थानीयको गुनासो

नवलपुर टुडे
२०८० असार १६ | मध्यान्ह ०७:०३ बजे

नन्द किशोर कुर्मी
गेडुवजोत, असार १६ । कपिलवस्तुमाको सीमा नाकामा रहेका विभिन्न काष्ठ, फर्निचर उद्योग र तस्करले लुकाई छिपाई राखेको काठ बरामद गरिएको छ । शनिबार बिहान ११ बजे बिजायनगर सशस्त्र सीमा बल, नेपाल प्रहरी र बन कर्मचारीको संयुक्त टोलीले लुकाई राखेको अबस्थामा काठ बरामद गरेको हो ।

विशेष सूचनाको आधारमा सशस्त्र प्रहरीले विजयनगर गाउँपालिका- ७ दत्तापुर गाउँमा लुकाएर राखिएकाे अवस्थामा ४ वटा सिसमको गोलिया १६ क्युफिट सहगवनकाे काठ बरामद गरिएकाे छ । जसको अन्दाजी मूल्य ३० हजार बराबरको रहेको प्रहरीले बताए । काष्ठ उद्योग र फर्निचर संचालन गर्नेले तस्करको प्रयोग गरी भारतबाट अबैध रुपमा गाउँमै लुकाइ छिपाइ राखेको बरामद गरिएको जनाए ।

भारतको बलरामपुर जिल्लाको सीमा नाकासंग जोडिएको बिजयनगर क्षेत्रमा दर्जनौं काष्ठ उद्योग र फर्निचर उद्योगहरु छन । सो क्षेत्रको सबै काष्ठ उद्योग र फर्निचर उद्योगका संचालकहरुले कतिपय समयमा स्वयम् आफै र कहिले तस्करको सहयोगमा भारतबाट अबैध रुपमा काठ ल्याउने बिभिन्न मिडियाले बारम्बार सुचना सम्प्रेषण गर्दै आईरहेको छ । सो क्षेत्रका स्थानीयहरुले मिडियामा समाचार आईरहदा पनि प्रशासनले बेवास्ता गर्दै प्रशासनकै मिलेमतोमा काठ उद्योग र फर्निचर उद्योग संचालकदेखी तस्करसम्म मिलेर अबैध काम हुने गरेको बताए ।

सो क्षेत्रको तस्कर, काठ उद्योग र फर्निचर उद्योगले खुल्लेआम भारतबाट काठ तस्कर गरिरहेको हुन्छ । यस बिषयमा स्थानीयले सुचना दिदा प्रशासन समयमा नपुग्नु र प्रशासनले स्थानीयको सुचनालाई बेवास्ता गर्दा सो क्षेत्रमा काठ तस्कर हुने गरेको एक स्थानीयले बताए । बिजयनगर गाउँपालिका- ५ का ठाकुरापुरका बन कर्मचारीले पनि सो क्षेत्रमा अबैध रुपमा भारतीय जंगलबाट कालो सिसम र सहगवनको काठ तस्कर हुने गरेको स्विकारे ।

भारतीय जंगलसंग जाेडिएकाले नदीकाे किनारमा अवस्थित गाउँहरुमा राति तस्करहरुले काठका गाेलियाहरु बगैँचा, पराल अथवा गाेठमा लुकाउछन र बिहानै काष्ठ उद्योगहरुमा पुर्‍याई दिने एक स्थानीयले बताए । जिल्लाकाे पश्चिम सीमा नाकाकाे लालपुर, गेडुवाजाेत, दत्तपुर, ठकुरापुर र कटुवाघाट लगायतकाे क्षेत्र हुदै तस्करले अबैध रुपमा नेपाल काठ भित्र्याउने र काठ उद्योग र फर्निचर उद्योगमा पुर्‍याउने श्रोतले जनाए ।

कमेन्टहरु