निषेधाज्ञाकाे आज दाेश्राे दिन


काठमाडौं
काठमाडौं उपत्यकामा हिजाे विहान ६ बजेबाट निषेधाज्ञा लागू भएको हाे । निषेधाज्ञा पालना गराउन आजपनि प्रहरीहरुलाई चोकचोकमा परिचालन गरिएको छ ।
काठमाडौं उपत्यकाका प्रमुख नाका र भित्री सडकहरुमा चेकजाँचका लागि ट्राफिक प्रहरीहरु पनि खटिएका छन् ।भने उल्लेख्य रुपमा ससस्त्र प्रहरि पनि हरेक चाेक चाेकमा तैनाथ छन्।
वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी हुने समाचार सार्वजनिक भएलगत्तै काठमाडौं उपत्यका छाड्ने लहर सुरु भएको थियो । तर यो लहरले गर्दा शहरकाे अवस्था त सहज बन्ला ,, सहरदृखि गाउफर्किने हरुकाे समणबन्धित जिल्लाहरुले सावधानि अपनाउन नसकेकाे खण्डमा जाेखिम गाउसम्मा पुगेकाे भने पक्कै छ।
कोरोना संक्रमणको फैलावटलाई रोक्ने उद्देश्यले काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लामा हिजाे विहान ६ बजेदेखि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञामा अत्यावश्यकबाहेकका सेवा बन्द गरिएको छ ।साथै यी जिल्ला साथसाथै आजबाट उपत्यका बाहिरकाे जिल्लाहरु पनि निषेधाज्ञा जारिगर्न सकिने संभावना छ।।























