क्रान्तिकारी याेद्दा माईला लामाको रिहाई

नवलपुर टुडे
२०७८ बैशाख १६ | मध्यान्ह १०:०१ बजे

बैशाख १६,काठमाडौं ।
नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन् ।
संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन् । अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन् ।

भारतीय लगानीको विरोध र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो । धरौटी नबुझाएर उनि जेलमा बसेका थिए ।
सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेता तथा कार्यकर्ताहरु रिहा गर्ने सहमति भएको थियो । तर, पार्टीले नै धरौटी तिरेर लामालाई रिहा गराएको उनको मुद्दामा बहस गरेका अधिवक्ता एकराज भण्डारीले नवलपुर टुडे लाई फाेनमार्फत बताए । माइला लामा विप्लव समूहको अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष समेत हुन् ।























