भारतीय नागरिक अमृत र अंकित प्रशासनलाई झुक्याई नेपाली नागरिकता लिएको खुलासा


रंजित चौरसिया,वीरगंज ४ असार । भारतीय नागरिक अमृत अग्रवालले प्रशासनलाई झुक्याई जन्मसिद्धको आधारमा नेपाली नागरिकता हात पार्न सफल भएका छन् । भारतको राजस्थान निवासी अमृतले केही वर्ष मुजफरपुर बसी व्यवसाय गर्ने उदेश्यले २०६० सालमा नेपाल छिरी बस्दै आएका थिए ।
अमृतले २०६३ सालको टोलीमा साविक वीरगंज नगरपालिका वडा नं. १३ मा जन्म भएको देखाई नागरिकता हात पारेका हुन् । उनको नागरिकता प्रमाणपत्र नम्बर ३४३०२२÷११५३ रहेको छ । यति मात्र कहां हो र, अमृतले आफ्ना छोरा अंकित अग्रवाल र छोरी स्मृति अग्रवालको पनि नेपाली नागरिकता २०६५÷३÷१९ गते बनाउन सफल भएका छन् । अंकितको नागरिकता प्रमाणपत्र नम्बर ३४३०२२÷४०२३ र स्मृतिको ३४१०२२÷४०२३ रहेको छ ।
नेपाली नागरिकताको आडमा आईटी प्लाजा नामक पसल खोली नेपाल सरकारको मासिक लाखौं लाख राजस्व छलिरहेका अंकितले राजस्व तथा प्रहरी प्रशासन कार्यालयलाई दिनदहाडै चुनौती दिदै आएको उनका निकटवर्तीहरु बताउंदछन् । गैरनागरिकहरुको कारण वीरगंज लगायत आसपासका जग्गाहरुको भाउ बढीरहेको कारण स्थानियहरु त्रसित बनेका छन् ।
खाली लोटा लिएर आएका अमृतले नेपाल सरकारको राजस्व छल्दा उनलाई राजस्वमारा अग्रवाल भनेर उनका केही निकटवर्तीहरुले बोलाउने गरेको बताईन्छ ।























