बोल्न नसक्ने एक युवक एक महिनादेखी सम्पर्क बिहिन, जानकारी दिनेलाई १० हजार पुरस्कार


वीरगंज ३ अषाढ । पर्साको पशि्चम ग्रामिण भेग जानकीटोला संग जोडिएको भारत बिहारको मैनाटारका बोल्न नसक्ने एक युवक एक महिनादेखी सम्पर्क बिहिन भएका छन् । मैनाटार प्रखण्ड इनारवा पंचायत इनरवा बजारका नन्दकिशोर प्रसादको घरमा बस्दै आएका एक युवक एक महिनादेखी सम्पर्क बिहिन भएर हराएका हुन् ।
पर्साको जानकीटोला गएका करिब २२ वर्षीय बागड कुमार त्यहीबाट हराएको नन्दकिशोर प्रसादले बताएका छन् । उनको जति खोजी गरे पनि पत्ता नलागेको उनले बताए ।
नन्दकिशोर प्रसादले हराएका दुब्लो, पातलो देखिने बागड़ कुमारको जानकारी दिने व्यक्ति लाई १० हजार रुपैया पुरस्कार दिने बताए । नन्दकिशोरले भने जसलाई पनि बागड़ कुमारको जानकारी पाए उनि मेरो भारतीय मोबाइल नम्बर ८२९२९७३९५० तथा नेपाली नम्बर ९८१०६४११५९ मा सम्पर्क गर्न आग्रह गरे । उनले भने बागडको जानकारी दिनेको पहिचान गोपनीय नगद पुरस्कार दिईने छ ।


















