अर्जुन रसाइलिका जिबन भोगाइका कथाहरु


अर्जुन रसाइली खोटाङ जिल्ला को एउटा दुर्गम गाउँ पाथेकामा जन्म भइ हाल परिवार सहित् (क्यानडा) बसोबास गर्दै आएका छन । अर्जुन रसाइली का श्रीमती दुई छोराहरु छन ।
रसाइली को बाल्यकाल दुख दुखैमा गुज्रिएको थियो बाल्यकालमा नै आफ्नो जन्म दिने आमालाई गुमाएका अर्जुन , आमा को कुरा ले बेला बेला मा भाबुक समेत् हुनेगर्दछन भन्छन् आमा जस्तो ममता कि खानी र स्व्च्छ प्रेमिलीअरु को हुन सक्छ र अर्जुन थप्छन् तर म अभागी ले त्यो पबित्र प्रेम अनि त्यो न्यानो आमाको काख लाई लामो समय उपभोग गर्न सकिन ।यदी मिल्ने भय मेरो आमालाई जस्तो सुकै मोल तिरेर भएपनी हेर्न चाहान्थे यदी मानिसले सोचेजसो भाईदिए आमा को त्यो जिउदो मुहार लाई हेर्न को लागि म जस्तोसुकेइ मोल चुकाउन तयार छु। तर यो त मेरो कल्पना र सपनामा मात्र सिमित हुने कुरा हो । अर्जुन भाबुक हुँदै भन्छ्न आमाको हातको खाना न्यानो काखको माया मेरि आमा को त्यो बोली मुहार मेरो ज्युउने आधारहरु थियोे ।
तर भनिन्छ नि मानिस् को जिबन मा नसोचेको र नदेखेको घटना हरु लाई नचाहेर पनि सामना गर्न वाध्य हुनु पर्छ, जस्तो सुकै पीर बेथाहरु लाई पनि सामना गरेर आगाडी बढ्ने एउटा प्राणी हो, मानिसमा हुन आउने कुराहरु लाई न रोक्न न छेक्क्न सकिन्छ । अर्जुन भन्छन् आमा को मृत्यु कसरी भयोभन्ने कुरा मा म अनबिज्ञ छु । मेरो आमा को मृत शरीर लाई मैले न देख्न पाए न हेर्न नै।
आमा को निधन हुदा अर्जुन का साथमा दुई भाइहरु बुद्धि बहादुर रसाइलि र तेज कुमार रसाइली थिए । बाल्यकाल देखी नै साना भाइहरु को जिम्मेवारी काधमा समालेका अर्जुन सुनाउछन् भाइहरु लाई हुर्काउन पढाउन लेखाउन र आमा बाबाको समेत् भूमिका पूरा गर्न मेरो लागि ठुलो चुनैती थियोे ।एउटा भाइ बुद्धि हाल काठमाडौं मा छन भने अर्का भाइ हाल क्यानाडामा नै सेटल भैसकेका छ्न उनी एस.एल.सी पछी वैदेशिक रोजगार को सिलसिलामा मलेसिया , दुबई र क्यानडा जानू परेको बताउछन् ।
बिदेश बस्दा समेत धेरै कुरा हरु को सामना गर्नु परेको र कठिन सङघर्स गर्नु परेको कुरा ब्याक्त गर्छन । रसाइली बाल्यकालमा आफ्नो जन्म घर भन्दा केहि घन्टा टाढा फुपू को घर निर्मलि डाडा लामाखु बसेर समेत् पढेको बताउदै भन्छन् बाल्यकालमा म अलिक चन्चले स्वभाब को थिए।
पढाईमा म अबल भएपनी पारिवारिक आर्थिक स्थितीको कारण ले गर्दा सोचेजसो पठन पाठानगर्न सकिएन भलिबल खेल अर्जुन को मन पर्ने खेल थियो । दश कक्षा मा पढ्दा खेलेको अनी साथी हरु सँग झगडा गरेको सम्झिएर अर्जुन हास्छन अनी थप्छन त्यो क्षण लाई चाहेर पनि भुल्न सक्दिन । मेरो बाल्यकालको पिडाहरु भुल्ने तेही मेरा साथी सङीहरु सँग को क्षण थियो , अर्जुन रसाइली लाई मनपर्ने खेल भलिबल हो , खेल मा र अन्य कुरा मा मात्र हैन संगीत मा पनि त्यती नै रुची राख्नु का साथै राम्रो गायक पनि हुन रसाइली ले चर्चित गायिका अन्जु पन्त, मेलिना राइ सँग समेत गीत गाइसकेका छन।
रसाइली ले नेपाली आधुनिक गीतको एल्बम ( अनुपम ) समेत् निकालेका छन , उक्त एल्बममा गायिका मेलिना राइ अन्जु पन्त र अर्जुन रसाइलीको संयुक्त स्वरमा रहेकोछ। उनी गीतसंगीत,ब्यवसाय, समाज सेवा मात्र नभै अहिले क्यानडा को (एन आर एन) को उपाध्यक्ष र पत्रकारिताको मधेमा “स्काइ नेपाल मिडिया नेट्वोर्कका क्यानाडा सम्पादक” रहेर काम गरिरहेक छन ।























