कोरोना कारण केन्द्रीय समिति बैठक स्थगित , नेपाली कांग्रेस,

नवलपुर टुडे
२०७८ बैशाख १५ | मध्यान्ह १२:०१ बजे

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठ लगायतमा कोरोना संक्रमण पुष्टि भएपछि कांग्रेसले केन्द्रीय समितिको बैठक स्थगित गरेको हो ।
कांग्रेसका एक नेताले केन्द्रीय सदस्य श्रेष्ठसहित अन्य नेताका पीएसओ, सहयोगी र केन्द्रीय कार्यालयका कर्मचारीमा संक्रमण देखिएकाले बैठक स्थगित गरिएको सम्बध्ध नेता ले नवल पुर टूडे लाई बताए ।
पछिल्लो राजनीतिक अवस्था र आसन्न १४ औं महाधिवेशनको तयारीका विषयमा छलफल गर्न कांग्रेसले बुधबार केन्द्रीय समितिको बैठक बोलाएको हो ।


















