मधेश प्रदेश, मुख्य समाचार, समाचार
समाचारको विषयमा असभ्य टीका–टिप्पणी गर्ने शिक्षक प्रति प्रेस सेन्टर पर्साको ध्यानाकर्षण


वीरगंज २१ जेष्ठ । समाचारको विषयलाई लिएर पत्रकार बलीराम यादवको विषयमा असभ्य भाषा प्रयोग गरि टीका–टिप्पणी गर्ने पेशाले शिक्षक रहेका मुकलेश दिलशान प्रति प्रेस सेन्टर पर्साको ध्यानाकर्षण भएको छ ।
प्रेस सेन्टर नेपाल जिल्ला कार्यसमिति पर्साले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै समाचारको विषयलाई लिएर प्रेस सेन्टर पर्साका सदस्य समेत रहेका पत्रकार बलीराम यादवको विषयमा शिक्षक मुकलेश दिलशानले गरेको असभ्य भाषा, गालीगलौज तथा टीका–टिप्पणीको घोरभत्सर्ना गरेको हो ।
कुनै पनि समाचारप्रति चित्त नबुझे उजुरबाजुर गर्ने कानुनी व्यवस्था हुँदा हुँदै पनि समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमा गरिएको टीका–टिप्पणीले सम्पुर्ण सञ्चारजगतको मानमर्धन भएको ठहर गर्दै प्रेस सेन्टर पर्साले अब आईन्दा त्यस्तो टीका–टिप्पणी नगर्न सम्बन्धी पक्षलाई आग्रह गर्दै चेतावनी समेत दिएको छ ।
पर्साको विन्दवासिनी गाउँपालिका वडा नं. ४ मधवलस्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय प्रधानाध्यापक रहेका मुकलेश दिलशान भन्ने मुकलेश राउत गद्दी सो पालिकाका कार्यकारी अधिकृत राजु साहको सेटिङ्कमा हिनामिना बारे आईरहेको समाचार भ्रम फैलाउन पत्रकार तथा सञ्चारमाध्यम प्रति असभ्य भाषाको टीका–टिप्पणी गर्दै आएका छन् ।























