देश

महाअधिवेसन तयारीकाे छलफल गर्न काँग्रेस केन्द्रीय कमिटि बस्दै

नवलपुर टुडे
२०७८ बैशाख १५ | बिहान ०८:०१ बजे

काठमाडौँ।
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजेका लागि बोलाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले नवल पुर टुले लाई जानकारी दिए ।

कोरोना कहरकाबीच बस्ने बैठकमा पार्टीको १४औँ महाधिवेशनको तयारी र मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले पार्टीको १४औँ महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने कार्यतालिका निर्धारण गरेको छ ।

यसअघि वैशाख १३ गते बस्ने भनिएको बैठक पीसीआर परीक्षणका कारण स्थगित भएको थियो ।

कमेन्टहरु