लुम्बिनी प्रदेश

रक्तदान कार्यक्रम सम्पन्न :३० पोइन्ट रगत संकलन

धर्मेन्द्र कुमार कुर्मी
२०८० जेष्ठ १८ | मध्यान्ह १२:०२ बजे

कपिलवस्तु : १६ औं गणतन्त्र दिवसको अबसर पारेर उद्योग ब्यापार संघ, कपिलवस्तुले कपिलवस्तुको दक्षिणी क्षेत्र मायादेबी गाउँपालिकाको पकडीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मायादेवी गाउपालिका अध्यक्ष वलिउद्धिन मुसलमानको प्रमुख आतिथ्यता, वार्ड न १ ,५ र ८ का वार्ड अध्यक्षहरुको विशिष्ट आतिथ्यता, उद्योग ब्यापार संघ कपिलवस्तुका कोषाध्यक्ष शालिकराम अचार्यको स्वागत मन्तव्य, सचिब शिशिर पोख्रेलको संचालन एवं अध्यक्ष खिमानन्द पौडेल कोपिलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सम्योजन उद्योग ब्यापार संघ कपिलवस्तुका सदस्य अब्दुर रहमान मुसलमानले गर्नु भएका थिए ।

उद्योग ब्यापार संघ कपिलवस्तुले चेतनास्तर निकै कम बिकसित भएको मायादेवी जस्तो ठाउमा रक्तदान कार्यक्रम आयोजना गरेकोमा संघको उच्च प्रसंसा गर्दै आगामी दिनमा मानबिय सामाजिक तथा ब्याबसायिक हरेक गतिविधिमा साथ सहयोग र सहकार्य गरिने प्रतिबद्धता वार्ड अध्यक्षहरुले जनाउनु भएका थिए ।

यसैगरी मायादेवी गाउपालिका अध्यक्ष बलिउद्धिन मुसलमानले पालिका मै पहिलोपटक रक्तदान कार्यक्रम गरेकोमा उद्योग ब्यापार संघ कपिलवस्तुलाई विशेष धन्यवाद दिदै आगामी दिनमा सदैब सहकार्य रहिरहने बचनबद्धता ब्यक्त गर्नु भएका थिए । नयाँ पुस्ता यो परिबर्तन आजको ब्याबस्था र त्यसको लागि गरियको बलिदानको बिषयमा अनभिज्ञ रहेको जान्न बुझ्न नचाहने मनोबिज्ञान हाबी हुँदै गैरहेकोले गणतन्त्रको महत्व गरिमा एवं त्यसको लागि गरिएको बलिदानीलाई स्मरण गर्न तथा कपिलवस्तु को दक्षिणी क्षेत्रमा रक्तदान प्रती रहेको नकारात्मक धारणालाई चिर्नको लागि रक्तदान कार्यक्रम आयोजना गरियको उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेल कोपिलले बताउनु भयो ।

कपिलवस्तु रक्तसंचार केन्द्र तौलिहवा, सेफा सामुदायिक अस्पतालको प्राबिधिक सहयोग, मायादेवी -०१ वार्ड कार्यलय , ycl कपिलवस्तुको विशेष सहयोगमा सम्पन्न कार्यक्रममा उद्योग ब्यापार संघ , कपिलवस्तुमा आबद्ध पदाधिकारी सदस्यहरु, सामाजिक अभियान्ताहरु, सुरक्षाकर्मी एवं युवाहरुको सहभागिता रहेको थियो । मायादेवी ०१ पकडीस्थित रहेको सेफा सामुदायिक अस्पतालमा सम्पन्न रक्तदान कार्यक्रममा ३० पोइन्ट रगत सड्ढलन भयेको आयोजकले जानकारी गरायको छ ।

कमेन्टहरु