देश

आज पश्चिम नवलपरासीमा ३४ जनामा कोरोना संक्रमण पुष्टि

नवलपुर टुडे
२०७८ बैशाख १४ | मध्यान्ह ०७:०१ बजे

नवलपरासी । बैशाख १४ मंगलबार, आज पश्चिम नवलपरासीमा एकैदिन ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज जिल्लामा पिसिआर पक्षिणबाट १९ र एन्टिजेन्ट परिक्षणबाट १५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका कोरोना फोकल पर्सन देवीलाल पौडेलले रेडियो परासीलाई जानकारी दिनुभयो ।

आज संक्रमित थपिएसँगै जिल्लामा कोरोना संक्रमितको संङ्ख्या १६ सय ३९ पुगेको छ । अब जिल्ला भित्र एक सय ८१ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । सोमबार विहान एक कोरोना संक्रमित युवाको मृत्यु भएसँगै जिल्लामा ३७ जना संक्रमितको ज्यान गएको छ ।

दोस्रो चरणको कोरोना संक्रमण सुरू भएदेखि जिल्लामा ५ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभएको छ । १० दिनको अवधिमा रामग्राम नगरपालिकामा मात्र मृत्यु हुनेको संख्या ४ पुगेको छ ।

कमेन्टहरु