इलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन ll

२० जोठ
कपिलवस्तुकाे विजयनगरम
इलाका प्रहरी कार्यालय गणेशपुरमा नव निर्मित दुर्गा मन्दिरकाे उद्घाटन गरिएको छ । प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले शनिबार प्रहरी कार्यालय प्राङ्गणमा नव निर्मित दुर्गा मन्दिरकाे विधिवत् पूजापाठ गरि उद्घाटन गरेका हुन् ।
विजयनगर गाउँपालिका, कृ्ष्णनगर नगरपालिकाका जनप्रतिनिधि, समाजेसेवी, समाजका अगुवा व्यक्तित्वहरुकाे सहयोगमा दुर्गा मन्दिर निर्माण गरिएको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए ।
कार्यक्रमलाई सम्बाेधन गर्दै प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेतले जिल्लामै शान्ति, सुरक्षा कायम राख्न प्रहरीले अहाेरात्र खटिरहेकाे बताएका छन् । उनले यस प्रहरी कार्यालयले नागरिकलाई सुरक्षाको अनुभुति गराउन सफल भएको दाबी गरे । शान्ति सुरक्षा र सामाजिक सद्भाव कायम राख्न यहाँका नागरिकले पूर्ण सहयोग रहेकाे बताउँदै प्रहरीहरुलाई आफ्नो कर्तव्य पू्र्ण रुपमा पालना गर्न निर्देशनसमेत दिए । प्रहरी उपरीक्षक बस्नेतले नागरिककाे साथी बनेर नागरिकले अनुभुति गर्ने गरि काम गर्न अनुरोध गरे ।
यस्तै विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले धर्म, संस्कृतिकाे संरक्षण गर्नु सबैकाे कर्तव्य भएको बताएका छन् । यसले हाम्रो समाजमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, भाइचाराकाे सम्बन्ध कायम गर्न अहम भूमिका निर्वाह गर्ने अध्यक्ष थापाकाे भनाइ छ । उनले इलाका प्रहरी कार्यालयले यस क्षेत्रका जनतालाई सुरक्षा अनुभूति दिलाएकाे बताउदै सधैँ सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए ।
दुर्गा मन्दिर निर्माण लागि सहयोग गर्ने व्यक्तित्वहरुलाई प्रशंसा पत्रले सम्मान समेत गरिएको छ ।























