मझुवागडि न/पा द्वारा ३० वेडकाे आइसाेलेसन तयार


बैशाख १४ खाेटाङ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ३० वेडको आइसोलेसन सेन्टर निर्माण गरेको छ । जिल्ला आयुर्वेद स्वास्थ्य अस्पतालमा मंगलबार नगरपालिकाले ३० वेडको आइसोलेसन वार्ड निर्माण गरेको हो ।
नगरपालिकाले ३० वार्ड र गाउँपालिकाले २० वार्डको आइसोलेसन वार्ड निर्माण गर्नुपर्ने सरकारको निर्देशन अनुरुप नगरपालिकाले नवनिर्मित आयुर्वेद अस्पतालमा ३० वेडको आइसोलेसन सेन्टर निर्माण गरेको हो ।

यता,दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजालले बाहिरी जिल्ला र विदेशबाट आएकाहरुलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको छ । नवलपुर टुडे सग कुराकानी गर्दै प्रमुख रिजालले भने
कोभिड–१९ को दोश्रो लहरको संक्रमण अझ भएभित देखिएको भन्दै नगरभन्दा बाहिरका क्षेत्र तथा शहरबाट आउने नागरिकलाई अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गर्नुभएको हो ।
क्वारेन्टिन स्थलको आवश्यकता अनुसार व्यवस्थापन गरी तयारी अवस्थामा राखिएको नगरप्रमुख रिजालको भनाइ छ ।
भिटिएम तथा एन्टीजोन टेष्ट किटको स्टक व्यवस्थापन गरी कोरोनाको लक्षण देखाएका तथा विदेशबाट आएका व्यक्तिहरुको जाँचको व्यस्था गरी कन्ट्रायाक्ट टेस्टङको व्यवस्था मिलाउने कार्यलाई चाडै व्यावस्थापन गरिने उँहाको भनाइ छ ।























