भ्रष्टाचार

नक्कली भुटानी शरणार्थी प्रकरण : आज ३ जनाको बयान हुँदै

नवलपुर टुडे
२०८० जेष्ठ १४ | मध्यान्ह ०२:०२ बजे

काठमाडौं, जेठ १४ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आइतबार अदालतमा तीन जनाको बयान भइरहेको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा तीन जना अभियुक्तको बयान भइरहेको अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए । 

अहिले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व मन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप र टंक गुरुङको बयान भइरहेको हो । उनीहरूको बयान सकिए अरूको पनि आजै बयान हुनसक्ने सूचना अधिकारी दाहालले बताए । 

बुधबार अदालतमा अभियोग पत्र दर्ता भएपछि शुक्रबारदेखि बयान सुरु भएको थियो । पहिलो दिन केशव दुलाल र सागर राईको बयान भएको थियो । यो मुद्दामा ३० जना प्रतिवादी छन् । १७ जना पक्राउ परिसकेका छन् । पक्राउ परेका सबैको बयान सकिएपछि थुनछेक बहस सुरु हुने छ ।

कमेन्टहरु