देश

“अर्थ”

जगत ठाडा मगर
२०७८ बैशाख १३ | बिहान ११:०१ बजे

अर्थ खोज्दै हिडेका स्यालहरु
तिम्रो जिन्दगी अर्थ खोज्दा–खोज्दै वित्त्ने छ,
कुरा काट्दा–कट्दै वित्त्ने छ ।
तिमी सिनो खोज्दै हिँडी रहेका छौ,
कहिले बालुवाटार पुगछौ त कहिले शितल निवास
तर तिमीले कहिल्यौ भेटाएनौ,
तिम्रै वरिपरि हुदा पनि
जसर कस्तुरीले आफ्नो गन्ध थाहा पाउदैन,
त्यसरी नै तिमीलाई थाहा छैन, तिम्रो सुगन्ध
एक हुल तिम्रा छाउरी छाउरी लिएर,
कहिले पुग्छौ अरुन तीर त कहिले पुग्छौ लिपुलेख
तिमीलाई त खाली आफ्नो सत्ता र भत्ताको चासो छ ।
तिमीलाई थाहा छैन,
हिजो देखी
तिम्रा छाउराहरुलाई महा–मारीले सताइरहेको छ ।
पारी पट्टीबाट तिमीलाई हेर्दै सिंह गर्जिरहेको छ
तिमीलाई यो पनि थाहा छैन ।
तिमीमा लाज घिन हराइसकेको छ
त्यही अर्थ खोज्दा जोज्दै
यत्तिसम्मकी तिमीले आफौलाई विर्सि सकेका छौ ।

RJ: Umesh Bhujel
vision fm 90.5mhz okhaldhunga

कमेन्टहरु