लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

नवलपुर टुडे
२०८० जेष्ठ १२ | बिहान ०८:०२ बजे

बुटवल । लुम्बिनी प्रदेशसभाको बजेट अधिवेशन शुक्रबारदेखि सुरु हुँदै छ । प्रदेशको स्थायी राजधानी दाङको राप्ती उपत्यका देउखुरीमा दिउँसो १ बजेदेखि अधिवेशन सुरु हुनेछ । यस अधिवेशनमा आउँदो वर्षका लागि प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट ल्याइनेछ ।
जेठ १५ भित्रमा सरकारका नीति तथा कार्यक्रमका सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ ।
प्रदेश सभामुख तुलाराम घर्तीमगरले अधिवेशन सरकारको नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित हुने भए पनि केही अत्यावश्यक विधेयकहरूसमेत पारित गर्ने तयारी गरेको बताए ।
यसअघि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन वैशाख १९ मा अन्त्य भएको थियो ।























