दिक्तेल – गाइघाट सिधा बस संचालन


दिक्तेल।
खोटाङ यातायात प्रालीले दिक्तेल काे रत्नपार्कबाट बाम्राङ,बुईपा हुँदै गाईघाट बस सेवा सुरु गरेको छ । प्रालीले जिल्लाको प्रमुख व्यापारिक केन्द्र समेत रहेको दिक्तेल बजारस्थित रत्नपार्कबाट बाम्राङ,डल्लेदोभान,दम्कु,बुईपा,गाईघाट सिधा बस सेवाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख दिपनारायण रिजाल र नगरउपप्रमुख विणादेबी राईले रत्नपार्कमा रिवन काटेर उद्घाटन गरेपछि बस सेवा संचालन गरिएको हो ।
दिक्तेलकाे रत्नपार्कबाट प्रत्येक दिन दिउँसो ४ वजे बाम्राङ,डल्लेदोभान,दम्कु,बुईपा हुंदै गाईघाटका लागि बस छुट्ने खोटाङ यातायात प्रालीका महासचिव रामकुमार हिङमाङले नवलपुर टुडे लाई बताऐ । यसअघि दिक्तेल रत्नपार्कबाट मुढे,नुनथला,महुरे हुंदै बस सेवा सञ्चालनमा गरिएको थियो । बाम्राङ र बुईपाबासीको मागलाई सम्बोधन गर्दै यातायात व्यवसायीसँग सहकार्य गरी सो रुटमा बस सेवा सुरु गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङका वडा अध्यक्ष ललित राईले बताउनुभयो । उक्त रुटको भाडादर भने निर्धारण गर्न बाँकी छ ।नगरपालिकाको सहयोगमा सडकको चौडाई पनि बढाइएकाले हिउँदभरी बस सेवा नियमित गर्न यातायात व्यवसायीलाई वडाध्यक्ष राईले आग्रह समेत गरेका छन् ।
उक्त रुटको डल्लेदोभानमा मोटरेबल पुल निर्माणका लागि डिपिआरको काम सम्पन्न भएको र ३ करोड ८८ लाख भन्दा बढि पुलको लागत स्टामेट आएको नगरप्रमुख रिजालले बताए । आउने आर्थिक वर्षमा पुलको टेण्डर हुने र सडक स्तरोन्नतीका लागि विभिन्न निकायसँग नगरको तर्फबाट सहयोग गरिने प्रतिबद्धता समेत जनाए ।























