भ्रष्टाचार, मुख्य समाचार, समाचार
लिंकरोडमा रहेको साजन इन्टरप्राइजेजले सरकारको लाखो राजस्व घोटाला गर्दै


वीरगंज ९ जेठ । बीरगंज महानगरपालिका वडा नम्बर ८ घन्टाघर स्थित लिङ्ग रोडमा रहेको साजन इन्टरप्राइजेज बीरगंजले सरकारलाई लाखौं रकम ठगी गरेको प्रमाण फेला परेको छ ।
साजन इन्टरप्राइजेजका संचालक रामाधार सरार्फले बीरगंजका साना तथा ठूला होटल तथा अन्य किराना पसललेहरुलाई दैनिक लाखौंको पेप्सी,डियु,सेभेनअफ मिरिन्डा,सलाइस,लगायत विक्रि वितरण गदै आइरहेका छन । उनलेे विक्रि वितरण गरेको आफ्नो बिलमा भ्याट बिलको सतामा स्टिम बिल दिएर लाखौं रकम छल्ने गरेको खुलासा भएको हो।बीरगंजका हरेक किराना पसल तथा होटलमा उनलेे यस्तै विलहरु काटेर सरकारलाई राजस्व छल्ने र आफू लखपति बन्दै गइरहेको यो प्रमाणले साबित गरेको छ ।
उनलेे एउटा सानो ब्यवसायीलाई दिएको यो रु ३१ हजार बराबरको बिलमा राजस्व छल्ने र आफू मालिक बन्दै गएको देखिन्छ । संचालक सरार्फले यति मात्र नभएर उनलेे ग्राहकहरुलाई कम्पनीले दिदै आइरहेको स्किम समेत आफैं लिएर खाने गरेको खुद्रा ब्यापारीहरु बताउँछन् । कम्पनीले एक क्यारेटमा १ एक पिस स्किम खुद्रा ब्यापारीहरुलाई दिने गरेको छ तर त्यो स्किम पनि आफैं राखेर आज लाखौंको मालिक भएका छन् ।
बीरगंजका खुद्रा ब्यापारीहरु तथा साना होटल संचालकहरु उनको यो हर्कत देखि आजित भएको बताएका छन् । के गर्ने बीरगंजमा उनलेे नै डिलर राखेकोले बाध्य भएर उनै संग सामान लिनुपर्ने अवस्था आएको बताएका हुन ।बीरगंज खुद्रा ब्यापारी तथा होटलहरुमा यस्तो स्टिमेट बिल वर्षे देखि कारोबार गदै आइरहेको समेत खुलेको छ। अर्को अचम्मको कुरा के छ भने उनलेे जब असार मसान्त आउन थाल्छ तब अन्धाधुन बिल काटेर बिल मिलान गर्ने काम गर्ने गरेको खुलासा भएको छ ।
यसरी सरकारलाई ठगी गर्ने सरार्फलाई अहिलेसम्म सम्म आन्तरिक राजस्व कार्यालयको आँखालाई धुलो छ्याप्ने काम गर्ने माथि कारवाही कहिले होला भनेर साना ब्यापारीहरु बताउँछन् ।























