लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् विस्तार

नवलपुर टुडे
२०८० जेष्ठ ८ | मध्यान्ह ०४:०२ बजे

बुटवल, जेठ ८ । लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार भएको छ । सोमबार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले नेपाली कांग्रेस, जसपा र जनमत पार्टीका एक–एक जनालाई थपेर मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
मुख्यमन्त्री चौधरीले नेपाली कांग्रेसका राजु खनाल स्वास्थ्य मन्त्रालय, जसपाका भण्डारीलाल अहिरलाई कृषि तथा भूमी व्यवस्था मन्त्रालय र जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । गुप्ता यसअघि सामाजिक विकास मन्त्री र अहिर कृषि मन्त्री बनेका थिए । खनाल भने नयाँ हुन् ।
यसअघि माओवादीका धनबहादुर मास्की अर्थमन्त्री तथा लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी विना विभागीय मन्त्री नियुक्त भैसकेका छन् । नवनियुक्त मन्त्रीहरुको आजै सपथ गराउने तयारी छ ।
























