मास्टर एण्ड मिस नोबेल आइकन सम्पन्न


रोशन अस्लामी मगर, तिलोत्तोमा ।
कला र संस्कृतिको जगेर्ना गरौं, बालबालिकाहरूलाई सामाजिकरण गरौ भन्ने मुल उद्धेश्यका साथ सम्पन्न मास्टर एण्ड मिस नोवेल सिजन–४ नोबल इन्भायरोमेन्ट एकेडेमी कोटिहावाले तमु छोंजधी गुरुङ्ग राष्ट्रिय परिषद माधवलियाको सभाहलमा प्रचार्य सुन्दर गुरुङ्गको अध्यक्षता सम्पन्न गरेको छ ।

प्रतियोगिताको फाइनल तथा समापन समारोहमा विजेतालाई पुरस्कार वितरण गर्दै प्रमुख अतिथी तथा सिद्धार्थ यातायात प्रा लि का अध्यक्ष सूर्यकुमार सारु मगरले प्रतियोगितामा जित्नु मात्र नभई भाग लिएर सिक्ने अवसर पाउनु नै महत्वपूर्ण उपलब्धी हुने बताए । विद्यार्थी भाईइबहिनिहरूको मनोबिज्ञानलाई समाजका बहुआयमिक पक्षसँग जोडदै अघि बढेकोमा नोवेलले अन्य स्कुलको तुलनामा फरक प्रस्तुत गरेको छ । विद्यार्थी र शिक्षक बिचको सम्बन्धलाई अझ बलियो र प्रगाढ बनाउन यस्तो ईभेण्टले महत्वपूर्ण भूमिका खेल्ने बताए । नोवेलका शिक्षक शिक्षिकाहरूको मेहनत र परिश्रमको पनि उच्च प्रसंशा पनि गरेका थिए ।
आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष शंकर गाहाले नेपाल वहुजातीय,वहुधार्मिक, वहुभाषिक र वहु सांस्कृतिक मुलुक भएकाले विद्यालयहरुले सबै जाति,समुदाय,धर्म,भाषा र संस्कृतिलाई समान प्राथमिकता दिएर अतिरिक्त क्रियाकलाप गर्नुपर्नेमा जोड दिंदै नोबेल इन्भाइरन्मेन्टले त्यो उदाहरण प्रस्तुत गरेको उल्लेख गरे ।

विद्यालयका प्रिन्सिपल सुन्दर गुरुङले विद्यालयले पाठ्यक्रमको ज्ञानसंगै विद्यार्थीको सर्वाङगीण विकासका लागि अतिरिक्त क्रियाकलाप र खेलकुदलाई पनि विद्यालयले उत्तिकै प्राथमिकता दिएको बताए । कक्षा नर्सरी देखी ६ सम्ममा अध्ययनरत विद्याार्थीहरूको बहुप्रतिभालाई प्रस्तृत गर्न विद्यालयले मिस एण्ड मास्टर नोबेला आईकन सिजन ३ सम्पन्न गरी सिजन ४ सम्पन्न गर्न अाईपुगेको प्रचार्य गुरुङ्गले बताएका छन् । विद्यालयले ससाना विद्यार्थीहरूको मनोबिज्ञानलाई समाज रुपान्तरणसँगै जोड्दै भोली मुलुकप्रति केही न केही गर्ने उत्तरदायित्व बोधहुने गरी कला संस्कृति लगायतका बिभिन्न बिधामा अब्बल बनाउने हेतुले सो ईभेन्ट गर्दै आएको गुरुङ्गले जानकारी गराएका छन् ।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङ, सञ्चारकर्मी रोशन अस्लामीमगर, पशुपती कालेजका प्राध्यापक जयलाल बस्याल लगायतले बोल्दै बालबालिकाको व्यक्तित्व र नेतृत्व क्षमता विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए । विद्यालय बाहिरका संघसंस्थाले यस्ता ट्यालेन्ट शो कार्यक्रम गर्दा निकै महंगो शुल्क असुलेर विद्यार्थी र अभिभावकलाई मारमा पार्ने परिपाटी रहेकाले विद्यालयहरुले नै यस्ता ट्यालेन्ट शो कार्यक्रम गर्दा अभिभावकहरु ठगिनबाट जोगिने उनीहरुको धारणा थियो ।

बिभिन्न बिधामा आधारित् मास्टर एण्ड मिस नोवेल सिजन–४ बिजेता यसप्रकार रहेका छन ।
बालबालिकामा अन्तरनिहीत प्रतिभा प्रष्फुटन गराउने उद्देश्यले आयोजना गरिएको चौथो संस्करणको प्रतियोगितामा प्री प्राइमरीदेखि कक्षा ६ सम्मका ३३ जना बालबालिकाले भाग लिएका थिए । जसमा छात्रतर्फ आर्शन पुन बिजेता, मनिष थारु फस्ट रनर अप र सविन गुरुङ्ग सेकेण्ड रनर अप बनेका छन् । त्यसैगरि प्री प्राइमरी छात्रातर्फ प्रनिधि बराल बिजेता, बियन्का थापा फस्ट रनर् अप र रितिका चौधरी सेकेण्ड रनर अप बनेका छन् ।
त्यसै गरी ब्यासिक छात्रतर्फ सम्मर भण्डारी विजेता, मन्जिल थापा फस्ट रनर् अप र संगम थापा सेकेण्ड रनर अप बनेका छन् ।

यस्तै ब्यासिक् लेभल छात्रातर्फ प्रतिभा न्यौपाने बिजेता, प्रियाान्सी गुरुङ फस्ट रनर अप र महिमा चौधरी सेकेण्ड रनर् अप बनेका छन् । यस्तै प्रि प्राइमरीतर्फ छात्र–छात्राबाट क्रमशः मोस्ट ट्यालेन्टमा विशाल गुरुङ र श्रेया गैरे,बेस्ट फोटो जेनिकमा आर्शन पुन र अदिती सिंह ठकुरी,बेस्ट स्माइलमा दिक्षान्त गाहा र सिमरन राना,मोस्ट कन्फिडेन्टमा किस्मत भुसाल र बियन्का थापा, बेस्ट डिस्प्लीनमा मनिष थारु र रितिका चौधरी, मोस्ट एक्टिभमा बबिन गुरुङ र परिनिधी बराल,बेस्ट स्किनमा आर्यन गुरुङ र प्रिन्सु बिक तथा मोस्ट स्मार्ट र मोस्ट प्रिट्टीमा मिक्सन थापा र प्रिन्सु पुनले उपाधि जितेका छन् ।
यस्तै बेसिक लेभलमा छात्र–छात्राबाट क्रमशः मोस्ट ट्यालेन्टमा मन्जिल थापा र प्रतिभा न्यौपाने, बेस्ट फोटो जेनिकमा एलेक्स चौधरी र दिवसु राना,बेस्ट स्माइलमा दिप्सन घिमिरे र क्रिस्टिना चौधरी,मोस्ट कन्फिडेन्टमा र समीर भण्डारी र महिमा चौधरी, बेस्ट डिस्प्लीनमा मन्जिल चौधरी,मोस्ट एक्टिभमा निखिल कुमाल र प्रिन्सी गुरुङ,बेस्ट स्किनमा असीम कुमाल र मुना गुरुङ, बेस्ट पर्सनालिटीमा भुवन पाइजा र आइशा थारु, मोस्ट हेण्डसम र मोस्ट ब्युटिफूलमा संगम थापा र प्राप्ति सारुले उपाधि जितेका छन् ।

कोरियोग्राफी मदन नेपाली, अतिथी, विद्यार्थी, शिक्षक–शिक्षिका र अभिभावकहरूको उपस्थिति रहेको उक्त ईभेण्टमा स्वागत मन्तब्य शिक्षिका कविता गुरुङ्ग गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन खिनु गुरुङ, बिनु दर्लामी द्वयले गरेका थिए ।























