लुम्बिनी प्रदेश

खोला छड्के जाँचमा आफै निस्किए शिवराज नगरपालिका प्रमुख: अजय थापा

नवलपुर टुडे
२०८० जेष्ठ ७ | मध्यान्ह ०७:०२ बजे

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा विहानै शिवराज नगरपालिका वडा न ९ रमुवादहस्थित भक्रामखोलामा अनुगमन गर्न जादा लु १ क ३३५३ नम्बर र लु १ क ४७७८ को जेसिबीले अबैध रुपमा ढुङ्गा बालुवा उत्खनन् गरेको अवस्थामा भेटिएको नगर प्रमुख थापाले बताए ।

भक्रम खोलाबाट ढुंगा, गिटीको चोरी निकासी र नदी किनारमा अवैध उत्खनन भएको जनगुनासोपछि नगरप्रमुख थापाले छड्के अनुगमन गरेका हुन् । शिवराज नगरपालिकाले मंसिर महिना खोलाबाट ढुंगा, गिटी र बालुवा निकासी खुला गरेको थियो । खोलाबाट हुने ढुंगा र गिटीको अवैध चोरी निकासी भए-नभएबारे बुझ्न अनुगमन गरिएको नगरप्रमुख थापाले नवलपुर टुडेलाई बताए ।

भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्रयाक्टर एवं टिपरले राजस्व तिरे-नतिरेको, खोलाको गहिराइ र मापदण्डअनुसार उत्खनन भए-नभएको बारे अनुगमन गरिएको बताए । २०७९ महिना मंसिर महिनाको २७ गते पालिकाले सूचना प्रकाशित गरि पच्चिस लाख एकाउन्न हजार एक सय एकाउन्न मुल्य अभिवृद्धि करसहित ठेक्का लगाएको हो ।

भक्रम खोलावाट ८०८५.६० घन मिटर नदीजन्य पर्दाथ विक्री गर्न अनुमतीसहित श्री राधारोशन निर्माण सेवाका प्रवन्धक रोजन बहादुर एम सि बीच ठेक्का भई संचालनमा आएको हो ।

कमेन्टहरु