देश

२२ तले धरहराकाे आज उद्घाटन

नवलपुर टुडे
२०७८ बैशाख ११ | बिहान ०६:०१ बजे

काठमाडौं ।
२०७२ को माहाभूकम्पले भत्किएपछि पुनर्निर्माण गरिएको धरहरा शनिबार उदघाटन गरिँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार धरहरा उदघाटन गर्न लागेका हुन् ।

उदघाटन कार्यक्रममा सीमित व्यक्तिहरुमात्र रहने छन् । कोरोना संक्रमणको जोखिमका कारण उदघाटन समारोहमा कसैलाई पनि नबोलाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।
उदघाटन कार्यक्रम अवलोकनका लागि वैकल्पिक व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।

२०७२ सालको भूकम्पले नौ तले धराहरा भत्किएको थियो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पहिले धरहरा रहेकै स्थानमा २२ तले धरहरा पुनर्निर्माण गरेको छ । बाहिरबाट भने धरहरा ११ तलाको देखिन्छ ।

धरहरा उदघाटन गरिए पनि अवलोकन गर्न भने पाइने छैन । धरहरा पूर्णरुपमा तयार भइसकेको छैन ।
पुनर्निर्मित धरहरामासुनको जलप लगाइएको गजुर बुधबार राखिएको थियो ।

२२ औं तलामा शिवलिंग छ । भने राज्यकाे लागत खर्चमा निर्मित राष्ट्रकाे धराेहर धरहरामा शिबलिंग स्थापना गरिनाे एकल धार्मिकवाद लादियकाे र त्यसकै कारण हिन्दु हरुकाे भगवानकाे प्रतीक राखियाे भनी संञ्जालहरुमा बिराेध भैरहेकाे छ।

दुईवटा लिफ्ट र रंगरोगनको काम सकिएको छ । हाललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम जारी छ । धरहरालाई बलियो, आकर्षक र अपांगमैत्री बनाइएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियर राजुमान मानन्धरले नवलपुर टुडे सग बताए ।

वरपरको २९ रोपनीमा विस्तारित रुपमा सुन्धारालाई समेटेर पार्क बनाउने सरकारी योजना अनुसार ३ अर्ब ८ करोड लागतमा रमण कन्स्ट्रक्सनले ठेक्का पाएको छ ।

कमेन्टहरु