देश

भेरि अस्पताल भरिभराउ,६ बर्षिय बालिका सहित ३८८ संक्रमित

नवलपुर टुडे
२०७८ बैशाख १० | मध्यान्ह १०:०१ बजे

बैशाष १०,नेपालगञ्ज ।
स्थानिय प्रशासनले लकडाउन घोषणा गरेको दोस्रो दिन पनि बाँकेमा कोरोना संक्रमण फैलने क्रमले रफ्तार नै समातेको छ ।

बाँकेमा गत २४ घण्टामा थप ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ६ हजार ८ सय ५० पुगेको छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार जिल्लामा रहेका ३ वटा प्रयोगशाला र जमुनाह हेल्थ डेस्कमा गरिएको पिसिआर परिक्षणमा १७६ महिला र २१२ पुरुष गरि थप ३ सय ८८ जनामा संक्रमण पुष्टि भएको हो ।

भेरी अस्पताल प्रयोशालामा २०४ जना, नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा ११६ जना र वागेश्वरी प्रयोगशालामा ६४ र जमुनाह हेल्थ डेस्कमा गरिएको पिसिआर परिक्षणमा ४ जना गरि ३ सय ८८ जनामा कोरोना संक्रमण देखिएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले नवल पुर टुडे लाई जानकारी दिनुभयो।

त्यसतै पछिल्लो २४ घण्टामा बाँकेमा थप ७४ जना संक्रमित कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन् । योसंगै बाँकेमा कोरोना संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या ४ हजार ९ सय ५४ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा बाँकेमा थप २ जनाको मृत्यु भएको छ । बाँकेमा हालसम्म जिल्ला भित्रका ७२ र जिल्ला बाहिरका १०० गरि १ सय ७२ जनाको मृत्यु भइसकेको छ भने जिल्लामा हाल १ हजार ८ सय २४ जना संक्रिय संक्रमित उपचाररत छन् ।

त्यसतै पछिल्लो २४ घण्टामा बाँकेमा बाहिरी जिल्लका ४४ महिला र ५६ पुरुष गरि १०० जनामा संक्रमण देखिएको छ ।

बाँकेमा संक्रमित थपिने क्रम नरोकिएपछि जिल्लाका सबै अस्पतालहरु भरिएका छन् भने अस्पतालका आँगन र गल्लीमा समेत संक्रमितहरुको भिड देखिएको छ । घरमा सिकिस्त भएका संक्रमितलाई लिन एम्बुलेन्स नआईदिँदा सिकिस्त बिरामीहरु रिक्सामा अस्पताल पुग्न बाध्य देखिएका छन् ।

कमेन्टहरु