बालिका- शेरधन बिषयमा स्पष्ट हुन शेरधन पत्तिकाे फेसबुक स्टाटस । स-प्रमाण सहित


काठमाण्डाै।
म माथि शाेषण भयकाे भन्देै पटक /पटक प्रदेश नं १ का मुख्य मन्त्रि बिरुद्द बलात्कार काे अाराेप सहित अपशब्द प्रयाेग गर्दै पार्टी कार्यालय र सम्बन्धित ठाउहरुमा गुनासाे पाेख्दै अाएकि पिडित भनियकि बालिका खड्का ले हिजाे पनि एमाले पार्टी कार्यालय मा हर्कद देखायकै कारण प्रहरिले नियन्त्रण मा लिएकाे थियाे।
पटक पटक सामाजिक सञ्जाल हरुमा यस्ताे घिनलाग्ला सामग्रिहरु पाेखियकाे भने बालिका- शेरधन काे मात्र भने हैन ,
राेशनि- कृष्ण महराकाे पनि एक ताका साेसलमिडिया तताउन मसला नैबनेकाे थियाे।
साे राेशनि काण्डमा पनि राज्यकाे जिम्मेवार पदमै अासिन ब्यक्ति महरा थिए र उसले नैतिकताकाे आधारमा या बास्तवमै महरादाेषि थियाे त??
तर, शेरधन-बालिका काण्ड भने किन पटक पटक बल्झिरहेकाे छ त?
उक्त महिला बालिका साच्चिकै पिडित छिन भने महिला अधिकार कमर्िहरु किन बाेलिरहेका छैनन्?
पार्टिले उस्ता बलात्कार जस्ताे काण्ड लागेकाे ब्यक्ति शेरधन राई लाई एमाले ले कार्वाहि गर्न नसक्नाे काे कारण के??
यी र यस्ता कुरा हरु साेसल मिडिया हरुमा छ्याप छ्याप्ति छ।
२०७७/०६/०४ मा पिडित भनिएकाे बालिका खड्काले कसैकाे उक्साहटमा लागेर शेरधन राईकाे बिरुद्दमा याे अाराेप लगाएकाे हुँ र यसबाट पर्नगयकाे राजनैति र मानहानिकाे काे लागि क्षेमा याचना समेत बुझई सकेकाे छ।
हिजै काे घटनाकाे बिषयलाई लिएर शेरधन पन्ति Jangmu Sherpa ले एउठा स्टाटस मार्फत बालिका लाई सजक गरायकि छिन्। जसमा यसरी उल्लेख गरेकिछिन्।

((सामाजिक संजाल र युटुबहरुमा भाइरल बनाइएकाे घटना र बिषयले मेराे गंभीर ध्यानाकर्षण भएकाे छ ! मेराे श्रीमान बिरुद्व बिगत लामाे समय देखि वहाँकाे चरित्र हत्या मात्र हाेइन, वहाँकाे ब्यक्तिगत र राजनैतिक जीवन समाप्त गर्ने सुनियाेजीत षडयन्त्र हुदै आएकाे र अनेकन चरित्र हत्याका हर्कत र आक्रमणका घटनाहरु हुदै आएकाे कुरामा म राम्राे जानकार छु ! म पनि एउटा सचेत महिला हुँ, न्याय अन्याय सबै कुरा बुझ्छु त्यतिमात्र हाेइन, अन्यायकाे बिरुद्व बाेल्ने र लडने सामाजिक सेवा कर्मी पनि हुँ ! तर बिना प्रमाण, बिना गल्ति र दाेष बिना एउटा महिलाकाे नाममा याे हद सम्मका महिलाहरु पनि हुँदा रहेछन भन्ने आम महिलालाई कलंकित पार्ने जुन हर्कत एकजना महिलाले गर्दै आएकी छिन याे ज्यादै नै दुखद छ ! मेराे श्रीमानले पिडीत बनाएकाे एउटा सानाे मात्रै प्रमाण भए म नै मेराे श्रीमानलाई कार्बाहीकाे कठघरामा उभ्याउन तयार थिए, तयार छु ! मलाई पनि भ्रम थियाे मेराे श्रीमानकाे गल्ति छैन भन्दा भन्दै बा कतै चुक्नु भएकाे पाे छ कि भनेर, तर पहिला र म वहाँकी जीवन साथी भइसकेपछि वास्तविक तथ्यहरु बुझ्दा सय हाेइन हजार लाख प्रतिशत वहाँ निर्दाेष हुनुहुदाे रहेछ भन्ने कुरा म आफैले सबै तथ्यहरुकाे खाेजी गर्दा पत्ता लगाएकाे छु ! मेराे श्रीमान ले सायद एकपटक सार्बजानिक कार्यक्रममा बाेल्नु भएकाे छ ! स्वयम त्यही महिलाले वहाँ निर्दाेष हुनुहुन्छ, मैले अरुकाे उक्साहटमा वहाँलाई आराेप लगाएकाे भनेर न्यायलयमा, पार्टी कार्यलय र मिडियाहरुमा स्वयमकाे हस्ताक्षरमा लिखतहरु सार्बजानिक गरिसकेकी छिन तर फेरी आज त्यही मान्छेद्वारा त्यस्ताे हर्कत, यसलाई के भन्ने ? गल्ति नगर्ने, कही कतै नचुक्ने तर सुनियाेजीत, प्रायाेजीत ढंगबाट अरु कुनै केही गल्ति कमजाेरी नपाएर, आफ्नाे राजनितीक सफलता र उचाइबाट इर्श्या डाह गरेर खुट्टा तान्ने तल्लाे दर्जाका फाेहाेरी मान्छेहरुसंग के प्रतिबाद गर्ने भनेर चुप लागेर मेराे श्रीमान बस्नु भएकाे भएपनि मलाई लाग्छ अब चुप लागेर बस्नु हुदैन,

कानुनी, प्रशासनिक लगायतका बाटाहरुकाे अवलम्बन गर्नुपर्छ ! अन्तमा यसप्रकार मेराे श्रीमानकाे चरित्र हत्या गर्न सुनियाेजीत रुपमा भइरहेका हर्कत र त्यसलाई सुनियाेजीत रुपमा युटुव लगायत सामाजिक संजालहरुमा प्रचार भइरहेका कुराहरुबाट भ्रमित एबं दुखित नहुन म मेराे परिवार आफन्त, नातागाेता साथीभाई, शुभचिन्तक सबैमा हार्दिक आग्रह गर्न चाहन्छु !यस्ता सुनियाेजीत र षडयन्त्रमुलक हर्कत सहितका प्रचार प्रयासहरुले म र मेराे श्रीमान र परिवारका बीच कुनै पनि असर नपर्ने कुरा पनि सबैलाई स्पष्ट पार्न चाहन्छु ! यि केही तथ्यहरु पनि हेरि दिनुहाेला ! धन्यबाद !))























