देश

धर्म निरपेक्षतालाई लत्याएर धरहराको टुप्पोमा सिवलिङ्ग किन ?

नवलपुर टुडे
२०७८ बैशाख १० | बिहान ०६:०१ बजे

– हरि जिज्ञासु
२०७२ साल बैशाख १२ गतेको महाभूकम्पले क्षेति पुर्याएपछि सबै भन्दा छिटो धरहरारा ढलेको खबर आम मानिसमा पुग्यो । किनकि धरहरा नै देशको गौरवमय इतिहास थियो ।
१८३२ सालमा प्रधानमन्त्री भिमसेन थापाले महारानी त्रिपुरासुन्दरीको सम्झनामा निमार्ण गर्न लगायको ११ तले धरहरालाई १९९० माघ २ मा आएको भुकम्पले भत्काएपछि धरहरा ९ तलामा सिमित रह्याे । यहि ९ तले धरहरा देशको गौरौबको रुपमा रहिआएको थियो ।

विडम्बना ९ तले धरहरालाई २०७२ साल बैशाख १२ मा आएको ७.८ रेक्टरको महाभूकम्पले जरैदेखि ढाल्दियो । धरहरा ढलेपछि धरहरा पुन: निमर्णको हल्ला चल्यो । कतिले टिकट काटेर आफै मर्नुपर्ने धरहरा निमार्ण नगरेपनि हुन्छ भनेतापनि धेरै संख्यामा धरहरा पुन: निमार्ण हुनुपर्छ भन्ने पक्षमा रहे ।

धरहरा पुन: निमार्ण गर्नुपर्छ भन्ने आमा जनताको चाहानाको कदर गरी प्रधान मन्त्री के.पी ओलीले २०७५ पुस १२ गते धरहरा पुनः निमार्णको लागि विधिवतरुपमा सिलन्यास गर्नुभयो । सिलन्यास भएपछि नेपाली जनताको लागि निकै ठूलो आशाको केन्द्र बन्यो धरहरा ।

धरहरा पुन: निमार्णकालागि रमन कन्सट्रक्सनले ठेक्का पाई काम सुरु ग¥यो । धरहरा पुन: निमार्णको लागि रु ३ अर्ब ४८ करोड खर्च लाग्ने बताइएको छ । बाहिरबाट हेर्दा ११ तलाको देखिने धरहरा भित्र भने २२ तला र उचाई ७२ मिटर रहेको छ । बैशाख१२ गते धरहरा भूकम्पले ढाल्यो र संयाेगबस बैशाख ११ गते धरहराकाे उद्घाटन हुँदै छ । याे खबरले आमा मानिसको मनमा खुसी छाएको छ ।

तर कुरा कहाँ रह्यो भने रु ३ अर्ब ४८ करोड लागतमा निर्मित धरहरा नेपाली जनताको करबाट निर्माण भएको हो ।धरहरा प्रत्येक नेपालीको पसिनाले मुछेको माटो थपिदै–थपिदै गएर ७२ मिटर अग्लो बनेको हो भन्दा फरक नर्पला ।

हाम्रो देश धर्म निरपेक्ष हो । हामी धेरै धर्मालम्बीहरु यो देशमा बसोबास गर्छौँ । यो धरहरा निमार्णकोलागि लगानी सबै धर्मालम्बीहरुको छ । तर सबै धर्मालम्बीले निमार्ण गरिएको धरहराको टुप्पोमा सिवलिङ्ग राख्नु भनेको हिन्दु धर्मालम्बी बाहेक अन्य धर्ममा आस्थावान नागरिकको पसिनामा अपमान गर्नु हो । प्रधानमन्त्रीले संविधानमा लेखिएको धर्मनिरपेक्षतालाई लत्याएर एकलौटे हिन्दुत्व शासन कायम गर्न लागेको सरासर देखिन्छ ।

प्रधानमन्त्रीको यो कार्यले देशमा धार्मिक सद्भाव खलबल्याउनलाई थप बल मिल्ने देखिन्छ । एउटा देशको प्रधानमन्त्री भएपछि सबै नागरिकको भावना बुज्न सक्नुपर्ने हो । पछिल्लो समयमा प्रधानमन्त्रीले हिन्दुत्वलाई मात्र उचालि रहेकाे कुरा पसुपति मन्दिरमा सुनको जलप, चितवनको अयोद्यामा राम र सीताको मूर्ति निमार्ण जस्ता प्रधानमन्त्रीकाे कार्यले प्रश्ठ पार्छ ।

धरहराको टुप्पोमा नेपाली झण्डा फराएको भए सबै धर्ममा आस्तावान नागरिकको मनमा राष्ट्रभाव पैदा हुन्थ्यो । देश विकासमा सबै धार्मिक समुदायको हातेमालो हुन्थ्यो । प्रधानमन्त्रीले सबै जनताकाे माया पाउनुहुन्थ्याे । तर देशका अभिभावक प्रधानमन्त्रीले नै विभेदकाे सुरुवात गर्नुभएकाे छ । तर प्रधानमन्त्रीले धरहरा पुन निर्माणलाई प्राथमिकता दिएकाे कारण धरहरा ठडियाे यसकाे लागि प्रधानमन्त्रीलाई सलाम गर्छु । हिन्दु बाहेक अन्य धर्मावलम्बिहरु लाई ब्यवास्था गर्ने सैलिलाई हैन ।
लेखक: बाेलावट पत्रिकाका प्रकाशक/सम्पादक हुन्।

कमेन्टहरु