देश

नित्य पुजा बाहेक पशुपति मन्दिर बन्द – बिज्ञप्ति सहित

नवलपुर टुडे
२०७८ बैशाख ९ | मध्यान्ह ०६:०१ बजे

काठमाण्डाै।
पशुपति क्षेत्र विकास कोषले अर्को व्यवस्था नभएसम्मका निम्ति सर्वसाधारणका निम्ति पशुपतिनाथ दर्शनमा रोक लगाएको छ । कोरोना भाइरस फैलिन नदिन उक्त निर्णय गरेको जनाएको छ ।

‘वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्मका लागि श्री पशुपतिनाथको मन्दिर, गुहेश्वरी मन्दिरलगायतका मन्दिरमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने गरी व्यवस्था मिलाइएकोले,’ कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा हस्ताक्षरित विज्ञप्तिमा छ,‘सबैको जानकारीका लागि यो सूचना प्रकासित गरिएको छ । यसबाट भक्तजनहरूलाई पर्न गएको असुविधाप्रति पशुपति क्षेत्र विकास कोष क्षमाप्रार्थी छ ।’

IMG 20210422 180344 717

विश्वभरि फैलिँदै गइरहेको नयाँ भेरियन्टसहितको कोभिड–१९ को संक्रमण नेपालमा समेत बढ्दै गइरहेको सन्दर्भमा सोको रोकथाम तथा नियन्त्रणका लागि निर्णय लिएको जनाइएको छ । सरकारले संक्रमण रोग ऐन, २०२०को दफा २ अनुसार आदेश जारी गरेअनुसार निर्णय लिइएको विज्ञप्तिमा छ ।

कमेन्टहरु