मुख्य मन्त्रिलाई” बलात्कारी” भन्ने बालिका खड्का पक्राउ

नवलपुर टुडे
२०७८ बैशाख ९ | मध्यान्ह ०३:०१ बजे

काठमाडौं ।
नेकपा एमालेका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भन्ने बालिका खड्का नेकपा एमाले मुख्यालय थापाथलीबाट पक्राउ परेकी हुन् ।
आज मात्र औपचारिक रुपमा कार्यालय थापाथली मा एमाले मुख्यालय सर्न लागेको थाहा पाएपछि थापाथली पुगेकी खड्काले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई ‘बलात्कारी’ भनेपछि कार्यालय परिसरबाटै पक्राउ गरिएको थियो । अहिले उनी प्रहरीकै नियन्त्रणमा छिन् ।
कार्यक्रममा सहभागी हुन आएका मुख्यमन्त्री राईलाई खड्काले ‘बलात्कारी’लगायतका गालीजन्य शब्द प्रयोग गरेपछि त्यहाँ रहेका प्रहरीले खड्कालाई पक्राउ गरेको थियो ।






















