नवलपुर टुडे - सबैभन्दा भरपर्दो
nepali khaja ghar02

अर्बपति तेज काेहलि सँग मिलेर विश्वका १० लाख मानिसको मोतीबिन्दु शल्यक्रिया गरेर अन्धोपन हटाउदै, डा: सन्दुक रुइत

nawalpur today official banner

काठमाडौं ।
तिलगंगा आँखा प्रतिष्ठानका संस्थापक डा: सन्दुक रुइतले बेलायती अर्बपति तेज कोहलीसँगको सहकार्यमा विश्वका १६ भन्दा बढी मुलुकमा अन्धोपन हटाउन काम गर्ने भएका छन् ।

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रमबीच डा: सन्दुक रुइत–तेज कोहली फाउन्डेसन घोषणा गरिएको छ । फाउन्डेसनले नेपालसहित भारत, इन्डोनेसिया, म्यानमार, बंगलादेश, उत्तर कोरिया, अफगानिस्तान, रुवान्डा, तान्जेनिया, लेबनान, भुटान, इराक, घाना, इथियोपिया, कम्बोडिया, सिरियालगायत मुलुकमा अन्धोपन निवारणका लागि काम गर्ने रुइतले जानकारी दिए ।

‘हामीले उपलब्ध गराउने सेवा विश्वका धेरै नागरिकको पहुँचमा पुर्‍याउन आवश्यक छ,’ रुइतले भने, ‘कोहलीसँगको सहकार्यमा हामीसँग यसका लागि आवश्यक विशेषज्ञता मात्रै होइन, स्रोत र उत्साह पनि हुनेछ ।’

बेलायती परोपकारी अर्बपति तेज कोहलीले पनि विगतदेखि नै अन्धोपन हटाउने अभियानमा काम गरिरहेका छन्।

डा. रुइतसँगको सहकार्यमा मोतीबिन्दुबाट दृष्टिविहीन बनेका विश्वभरका १० लाख मानिसलाई सेवा पुर्‍याउने लक्ष्य राखिएको कोहलीले बताए । ‘कसैलाई पुनर्दृष्टि दिनु उसलाई दोस्रो जीवन प्रदान गर्नुबराबर हो, जसले उनीहरूलाई आर्थिक रूपमा सक्षम बनाउँछ, परिवारको हेरचाह गर्न सक्ने तुल्याउँछ,’ कोहलीले भिडियो सन्देशमा भने ।

fin@l

प्रत्रिकृया दिनुहोस ।

website on laravel
Bhavegorkha

कोरोना बिशेष

देश / प्रदेश

Translate »