नवलपुर टुडे - सबैभन्दा भरपर्दो
nepali khaja ghar02

पश्चिम नवलपरासीमा हाटबजार बन्द, विवाहका लागी प्रमुख जिल्ला अधिकारीको अनुमति लिनुपर्ने

nawalpur today official banner

नवलपरासी / बैशाख ०७ पश्चिम नवलपरासीमा कोरोना संक्रमण बढ्दै गएपछि विभिन्न क्षेत्रमा हुने क्रियाकलापमा प्रतिबन्ध लगाईएको छ । मङ्गलबार आज प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रद्धारा जारी सुचनामा सभा सम्मेलन, हाटबजार, सिनेमा हल, पार्टि प्यालेस, खेलकुद सहित मानिस भिडभाड हुने सबै प्रकारका कार्यक्रम बन्द गर्ने उल्लेख गरिएको छ ।

photo 2021 04 20 22 39 45 photo 2021 04 20 22 39 46

सभा सम्मेलन गोष्ठि गर्नुपरेमा भर्चुअल माध्यमबाट गर्नुपर्ने पनि जारी सुचनामा उल्लेख गरिएको छ । सार्वजनिक सवारी साधनमा अब सिट क्षमता भन्दा बढि यात्रु राख्न नपाईने भएको छ भने सबैले मास्क अनिवार्य राख्नुपर्नै र चालक तथा सहचालकले मास्क र भाईजर लगाई दैनिक सवारी साधनलाई निसंक्रमण गर्ने पनि सुचनामा उल्लेख गरिएको छ ।

होटल तथा रेष्टुरेन्ट पनि बिहान ९ बजे देखि बेलुका ८ बजे सम्म मात्र संञ्चाल गर्ने र बाँकि समय होम डेलिभरी गर्न सकिने प्रमुख जिल्ला अधिकारी मिश्रले बताउनुभयो । यसैगरी मेला पर्व, विवाह ब्रतबन्ध, मलामी लगाएतमा २५ जना भन्दा बढि भेला हुन नपाउने भएका छन् भने विवाह ब्रतन्ध गर्नुअघि प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिनुपर्ने भएको छ । मठ मन्दिर मस्जिद लगाएत धार्मिक स्थलमा पनि जनस्वास्थयको मापदण्ड पालना गरेर मात्र पुजाआजा गर्न आग्रह गरिएको छ भने विद्यालय कलेजका पुर्व निर्धारित परिक्षा र चिकित्सा शिक्षाका सबै प्रयोगात्मक कक्षा जनस्वास्थयको मापदण्ड पालना गरी संञ्चालन गर्न निर्दिष्ट गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

fin@l

प्रत्रिकृया दिनुहोस ।

website on laravel
Bhavegorkha

कोरोना बिशेष

देश / प्रदेश

Translate »