मधेश प्रदेश, मुख्य समाचार, समाचार
४० डिग्रीको चर्को गर्मिमा पचरौता नगरपालिकाको कम्बल बितरण


कलैया १८ बैशाख। तराईमा अहिले गर्मिले मान्छेहरु काम गर्न निस्कने अवस्था छैन। जसको उदाहरण बैशाख १० गते बारा-२ मा भएको उपनिर्वाचनमा दिउँसो तिर खसेको मत प्रतिशतले देखाएको छ। भने हाल तराईमा दिउँसो तिर ४० डिग्री सेल्सियस सम्मको गर्मि हुने गरेको छ। यस्तो गर्मिको बेलामा पचरौता नगरपालिकाले शुक्रबार कम्बल बितरण गरेको छ।
कठ्याङ्ग्रो चिसोमा गरीब बिपन्न परिवारलाई कम्बल बितरण नगरी पचरौता नगरपालिकाले शुक्रबार दलित, बिपन्न , बिधवा , अपाङ्गहरुको लागि कम्बल बितरण गरेको छ।
चाँडो बितरण नगरेर नगरपालिकाले बजेट पचाउन कम्बल बितरण गरीएको आरोप लागेको छ । यसमा नगरपालिकाको कमिशन हुने यस कार्यबाट प्रष्ट बुझ्न सकिन्छ।
देश आर्थिक संकटबाट गुज्रिरहेको समयमा मन्त्री परिषदले प्रदेश र स्थानीय तहको अन्तिम किस्तामा ५० प्रतिशत कटौती गरीरहेको बेला पचरौता नगरपालिकाले अनावश्यक बेमौसमी बर्षात झै चर्को गर्मिमा कम्बल बितरण गरेको छ। साथै उक्त कम्बल बितरण कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रको रोहबरमा तथा प्रमुख अतिथित्वमा नै सम्पन्न भएको छ।
महिला बाल तथा समाज कल्याण केन्द्रको आयोजनामा र पचरौता नगरपालिका बेनौली बाराको सहयोगमा ऐनि हाउ बजेट पचाउ भन्ने उदेश्यले तथा कमिशनको लोभमा यस्तो गर्मिमा कम्बल बितरण गरीएको भनि शंका उत्पन्न भएको छ।
यस बिषयमा प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रसँग कुरा गर्दा नगरपालिकामाथि सधै अदालतमा मुद्दा नै चल्ने भएकोले समयमा बितरण गर्न सकिएको थिएन। हाल अदालतको फैसलाले नगरपालिकाको कामकाज गर्न सहज भएको छ। त्यसैले नगरसभाबाट पारित भएको बजेट फ्रिज नहोस भनि कम्बल बितरण गरीएको बताएका छन्।
स्थानीय बुद्धिजीवीसँग यस बिषयमा बुझ्दा नगरसभा बाट पारित बजेट पनि नगर बोर्ड बैठकबाट पारित गरी अर्को शिर्षकमा परिवर्तन गर्न सकिन्छ। वा स्वयम् प्रमुख प्रशासकीय अधिकृतले पछि नगरबोर्ड बैठकबाट अनुमोदन हुने गरी शिर्षक परिवर्तन गर्न सक्छन्। तर यहाँ त्यस्तो नहुनुमा आफैमा शँकाको विषय भएको बताएका छन्।























