विश्व

केन्यामा परमेश्वर भेट्न भोकै बसेका ८३ जनाको मृत्यु

नवलपुर टुडे
२०८० बैशाख १४ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं, वैशाख १४ । केन्यामा भगवान् साक्षात्कार हुने विश्वासले भेट्न भोकभोकै बसेका ८३ जनाको मृत्यु भएको छ ।

निराहार बसेमा परमेश्वरसँग साक्षात्कार हुने आश्वासनमा भोकै बसेका थप १० जनाको शव फेला परेको हो । त्याहाँका अधिकारीहरुले जानकारी अनुसार आज तीन जना बालबालिकाको शवसहित १० जनाका शव भेटिएको थियो ।

चिहान उत्खननमा संलग्न केन्याली अधिकारीका साथ रहेको एएफपीका संवाददाताले मृतकको सङ्ख्या बढ्नसक्ने बताए ।

कमेन्टहरु