लुम्बिनी प्रदेश

बर्दघाटबाट ९ लाख ४६ हजार मूल्य बराबरको अवैध लत्ताकपडा बरामद

नवलपुर टुडे
२०८० बैशाख १३ | मध्यान्ह ०४:०१ बजे

नवलपरासी, वैशाख १३ । पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका – २ बाट प्रहरीले अवैध लत्ताकपडा बरामद गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट प्रहरी सहायक निरीक्षक सुमान सिंह थापाको कमाण्डमा खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा लत्ताकपडा बरामद गरेको हो ।

photo 2023 04 26 16 24 38

प्रहरीले थान कपडा ३३ मिटर, थानको कपडा ९६ मिटर, कुर्ता सुरवाल १२० पिस, साडी ४९ पिस, कलर टिसर्ट ४४० पिस, सादा टिसर्ट ८२४ पिस र लेडिज टप्स ६६ पिस बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी एवम् डीएसपी भोजराज पाण्डेले जानकारी दिए । उनका अनुसार बरामद गरिएको लत्ताकपडाको अन्दाजी मूल्य रु. ९,४६,९४० रहेको छ ।

photo 2023 04 26 16 24 47

अहिले उक्त कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाइएको र अवैध कपडा ओसारपसारमा संलग्न व्यक्तिको खोजतलास तथा अन्य आवश्यक अनुसन्धान भइरहेको डीएसपी पाण्डेले जानकारी दिए ।

photo 2023 04 26 16 24 54

कमेन्टहरु