देश

बाला सुन्दरी भगवती महोत्सव भगवानपुरमा सुरु : वन मन्त्री मण्डलद्धारा उद्घाटन

जगत ठाडा मगर
२०७८ बैशाख २ | मध्यान्ह ०४:०१ बजे

महेश सिंह
सिरहा । सिरहाको सिमाबर्ति गाउँपालिका भगवानपुरमा बाला सुन्दरी भगवती महोत्सव सुरु भएको छ । पौराणिक धार्मिक आस्था बोकेको बाला सुन्दरी भगवतीले लामो समय देखि उक्त ठाँउमा भाक्कल र निसन्तान दम्पतीहरुले पुजा गर्ने गरेको हो । बाला सुन्दरी भगवती नेपालको शक्ति पिठ मध्ये एक हुन् । भगवतीलाई दर्शन गर्न नेपाल लगायत छिमेकी मुलुक भारतका बिहार राज्यका ब्यक्तिहरु दसौंको बेला दर्शन गर्न भिड लाग्ने गरेको देखिन्छ ।

photo 2021 04 15 16 40 28

नेपाल र भारतको सिमा संग जोडीएको भएकोले निरन्तर भक्तजनहरुको भिड लाग्ने गरेको स्थानीय रमेन मंण्डलले जानकारी दिनु भयो गाउँपालिकाको अध्यक्ष बेच्न प्रसाद यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने उद्योग पर्यटन वन तथा बाताबरण मंन्त्री सुरेश मंण्डलले पानसमा बत्ति बालेर महोत्सवको उदघाटन गरेका थिए ।

गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत दिलीप कुमार यादवको बिशेष पहलमा महोत्सव कार्यक्रमको आयोजना भएको हो । बाला सुन्दरी भगवती सबैको धार्मिक आस्थाको दरवार भएकोले सबै हिन्दु धर्मावलम्बीहरुलाई आफ्नो धर्मप्रतिको आस्था अझै बलियो होस भने प्रमुख यादवको बुझाई छ ।

photo 2021 04 15 16 40 31

कोरोना भाईरसको मध्य नजर गरी सामाजिक दुरी कायम गरी माक्स र सेनिटाईजर वितरण र प्रयोगको ख्याल गरी उक्त कार्यक्रमको आयोजना गरेको हो । अतिथिहरुमा नेकपाको जिल्ला कमिटी सदस्य तथा युवा नेता उग्र नारायण यादव लगायतका विभिन्न पार्टीका प्रतिनिधिहरुको सहभागिता रहेको थियोे ।

कमेन्टहरु