मुख्य समाचार, समाचार

बीरगंज १ का वडा अध्यक्ष कुर्मी अनुपस्थित हुँदा सेवाग्राही मर्कामा

रंजित चौरसिया
२०८० बैशाख ७ | मध्यान्ह १०:०१ बजे

बीरगंज ७ बैशाख। वीरगञ्ज महानगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष मनोज राउत कुर्मी कार्यालयमा नआउँदा सेवाग्राहीहरुको कार्य प्रभावित भएको समाचार प्राप्त भएको छ । वडा अध्यक्ष कुर्मी कसैलाई कार्यवाहक नदिएर वडा कार्यालयमा अनुपस्थित भएकोमा सेवाग्राहीको काम रोकिएको छ ।

शनिबार वडामा सम्पन्न सार्वजनिक सुनुवाइमा वडावासीले अध्यक्ष कार्यालयमा न आएकोमा चर्को विरोध गरेपछि नियमित कार्यालयमा आउने वाचा गरेका थिए ।

शनिबार सम्पन्न सुनवाइमा अध्यक्ष कुर्मीले आफ्नो निजी काम समेत रहेकोले आफुले कुनै प्रकारको सरकारी सेवा सुविधा नलिने बताउदै वडा कार्यालयमा नियमित आउने वाचा गरेका थिए ।
वडा अध्यक्ष नआउँदा जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाई सराई, नागरिताको सिफारिस इत्यादी काम हुन नसकेको स्थानीय हरि नारायण कुर्मीले बताए ।

तीन दिन देखि आफ्नो काम छाडेर नागरिकता बनाउनका लागि वडा कार्यालयमा आइरहेको तर वडा अध्यक्ष सित भेट नभएको राजु साहले बताएका छन्।
बिधुतिय मिटरको सिफारिसका निम्ति आफु दुई दिन देखि धाइरहेको तर वडा अध्यक्ष कार्यालयमा नआउदा आफ्नो काम हुन नसकेको सुरेश गुप्ताले बताएका छन्।

कमेन्टहरु