देश

मन्त्रि उषाकलाकाे नयाँ बर्ष जेष्ठ जागरिकहरु संग

नवलपुर टुडे
२०७८ बैशाख १ | मध्यान्ह ०९:०१ बजे

बैशाष १,सुनसरि।
प्रदेश नं.१ की सामाजिक विकास मन्त्री उषाकला राईले नयाँ बर्ष २०७८ सुनसरी,इटहरी उप महानगरपालिकाका ज्येष्ठ नागरिकहरुसंग दुःख साट्दै मनाउनु भएको छ ।

श्रीकृष्ण प्रणामी मन्दिर मुक्ती धाम इटहरीका ५५ जना ६० बर्ष देखी ९२ बर्ष सम्मका ज्येष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गर्दै फलफूल बितरण गरी नयाँ बर्षको शुभकामना दिएर नयाँ बर्ष २०७८ सालको स्वागत गर्नु भएको हो ।

२०३५ सालमा स्थापना भएको श्री कृष्ण प्रणामी मन्दिर मुक्ती धाम इटहरीले बेसाहारा तथा बिपन्न ७ जना वालवालिकाहरुको सम्पूर्ण जिम्मा लिएको,बार्षिक रुपमा बिपन्न बिध्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण र सितलहर पिडितहरुका लागि राहत बितरणको सहयोग गर्दै आएको ,बार्षिक रुपमा बैशाख ९ गते रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको मुक्ती धाम आयोजक समितीले हामिलाई जानकारी दिएको छ ।

राज्य सरकार बाट हाल सम्म धाम मै आएर अबस्था बुभेको थिएन तर मन्त्री नियुक्त भए लगत्तै नयाँ बर्षको अबसर पारेर ज्येष्ठ नागरिक र वालवालिकाहरुको अवस्था बुझ्न मन्त्री राईको नेतृत्वमा मन्त्रालयका सचिब गोबिन्द बहादुर कार्की र महिला वालवालिका तथा ज्येष्ठ नागरिक महाशाखा प्रमूख दुर्गा बराल सहित आउनुले उच्च मनोबल बढेको धामका गादीपती १०८ सन्त श्री कृष्णदास महाराजले बताउनु भएको छ ।

त्यसैगरी नयाँ बर्षकै अबसर पारेर इटहरी तालतलैया पर्यटकीय क्षेत्र र बाल उद्यानको अबस्थाको बारे जानकारी लिन र सो को अवलोकन गर्न तालतलैया क्षेत्रमा पुगी तालतलैया विकास तथा संरक्षण समिती लाई वातावरणिय प्रदुषण र पर्याबरणको संरक्षणमा ध्यान दिन सुझाब दिएको मन्त्री को सचिवालयले नवल पुर टुडे लाई जानकारी दिएको छ ।

कमेन्टहरु