देश

नवलपुर टुडेकाे कार्यालय उद्घाटन

नवलपुर टुडे
२०७८ बैशाख १ | मध्यान्ह ०१:०१ बजे

काठमाडौं । आज नयाँ बर्षको अबसर पारेर मंगोल खबर अन्लाईम मिडिया प्रालिद्वारा संचालित नवलपुर टुडे अन्लाईन पत्रीका र नवलपुर अन्लाईन टेलिभिजनको कार्यालय काठमाण्डाैकाे बानेश्वरमा उद्घाटन गरिएकाे छ ।

उद्घाटनमा नेकपा एमालेका प्रमुख सचेतक बिशाल भट्टराईको उपस्थिति प्रमुख अतिथ्यमा गरिएकाे कार्यक्रममा देश र जनताकाे निम्ति ०७७ भन्दा ०७८ अझ शुभ हुन सकाेस भनी शुभकामना दिनुका साथै उक्त मिडियाको उत्तर उत्तर प्रगतिको कामना ब्यक्त गर्नु भयो ।

photo 2021 04 14 13 48 58

कार्यक्रममा मंगोल खबर अन्लाईन मिडिया प्रालिका संचालक तथा नवलपुर टुडे तथा नवलपुर ओटिभीका प्रबन्धक निर्देशक जगत ठाडा मगरले आउदा दिनहरुमा जनताहरुलाई सुचनाकाे माध्यमबाट सु-सुजित गर्ने काममा एक भएर अघि बढ्ने प्रतिज्ञा समेत गरेका छन् ।

उक्त मिडिया प्रालिको मुख्य कार्यालय लुम्बिनी प्रदेशको रुपन्देहीमा रहने र निकट भबिश्यमा रेडियो, टेलिभिजन प्रशारण र पत्रपत्रिका छापाखाना समेत प्रकाशित गर्ने उदेश्यले स्थापना भएको जानकारी दिनुभयो । हाल उक्त मिडिया प्रालिले नवलपुर टुडे, मांगोल खबर अन्लाईन पत्रीका र Nawalpur otv संचालन गर्दै आइरहेको छ ।

कमेन्टहरु