सडक दुर्घटनामा परि पत्रकार नन्दरामकाे मृत्यु

जगत ठाडा मगर
२०७७ चैत्र ३१ | मध्यान्ह ०९:१२ बजे

चैत ३१, बाणगंगा।
सवारी दुर्घटनामा परी कपिलवस्तुका पत्रकार नन्दराम पौडेलको मृत्यु भए पछि बाणगंगा ८ चप्परगाउँमा स्थानीयले सडक अवरुद्ध गरेका छन् । पत्रिकाको काम सम्पादन गरि बुद्धभूमि घर फर्किने क्रममा बाणगंगा नगरपालिका वडा नम्बर ८ मा सवारी दुर्घटना हुँदा उनको मृत्यु भएको हो ।
पश्चिम दिशाबाट आईरहेको ट्रकले विपरित दिशाबाट गईरहेको मोटरसाईकललाई ठक्कर दिएको स्काई नेपाल न्युज का सम्पादक ज्ञान प्रासद भट्टराई ले फाेन मार्फत नवलपुर टुडे लाई जानकारि गराउनु भएको छ ।
ठक्कर दिएको ट्रक प्रहरीको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । अहिले स्थानीयले पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । शव अहिले कपिलवस्तु सामुदयिक अस्पतालमा राखिएको छ ।।






















