खाेटाङमा भिषण आगलागी

नवलपुर टुडे
२०७७ चैत्र ३१ | मध्यान्ह ०२:१२ बजे

चैत ३१, खाेटाङ।
खोटाङ जिल्ला रुपाकोट मझुवागडी ९ निर्मलिडाडा साबिक ४ को ज्यामिरेमा भलमान चौहानको घरगोठ बाट आगलागी भएकाे जानकारि आएको छ।
पिडित भलमान चौहान को घर मा भीषण आगलागी भइ ठुलो मात्रामा जन धनको क्षती भएको स्थानिय संजय कालिकाेटेले नवलपुर टुडेलाई जानकारी गरायकाे छ।

निज भलामान को चौबिस वटा खसी र बाख्रा चार वटा भैंसी पच्चिस वटा भन्न्दा बढी कुखुरा चार वटा गोठ र एउटा घर लागायत अन्न बाली र सम्पुर्ण सम्पत्ति जलेर खरानी भएको जानकारी मा आएको छ, पीडित अहिले छिमेकी को घरमा सरण लिएर बसेका छन ।

उनको सम्पुर्ण सम्पत्ति नस्ट् भएको जानकारी ईलाका प्रहरी ले बताए ।
खान बस्न समेत समस्या भएको कारण विभिन्न संघसंस्था र सराेकार वाला समक्ष सहयोग को अपिल गरिएको छ ।।।।






















