घरमै बसेर नयाँ बर्ष मनाउन उप-प्रमुख यादवको आग्रह


महेश सिंह
सिरहा लहान ३१ चैत – जिल्ला समन्वय समिति सिरहाको उप प्रमुख सरोज कुमार यादवले पत्रकार भेट्घाट कार्यक्रममा आउदो २०७८ सालको सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुमा शुभकामना दिदै पुरानो दु:ख कष्ट बिर्सिदै आउने नयाँ बर्ष २०७८ शान्ति पुर्ण तरिकाले अ-आफ्नो परिवार संग मनाउन सम्पुर्ण नेपाली जनतालाई अग्रह गरेका छन् ।
बिश्व महामारीको रूपमा फैलिएको कोरोना भाईरस अहिले पनि जिवित नै रहेको बताए । उक्त कहरबाट जोगिन सतर्कता अपनाई स्वच्छ र तन्दुरुस्त रहन सम्पुर्णमा आग्रह गरेका हुन । बिगत केहि महिना देखि नेपाल लगायत बिश्वको धेरै देशहरुमा कोरोनाको कहरमा जिबन बिताएका नागरिकले केही महिना मात्र चैनको समय बिताएको अनुभुती गरे लगत्तै पुनः कोरोना भाईरसको हल्ला सुन्दै नेपाली नागरिकले त्रसित भएका छन।बिगतमा अचानक भएको लकडाउनले नेपाली जनता निकै मार्मा परेका हुन ।
कोरोनाले त कति लाई त ज्यान समेत लिएका छन । प्रत्येक बर्ष बैशाख १ गते लाग्ने गरेको सिरहाको लहान नगरपालिका २२ स्थित सलहेश फुलवारी मेला यो बर्ष नलगाउन जिल्ला प्रसासन कार्यालय सिरहाले परिपत्र गरेका छन् । उप -प्रमुख यादवका अनुसार २०७८ घरमै बसेर परिवार संग मनाउन जिल्ला बासीमा आग्रह गरेका हुन् ।






















