देश

सर्गम र रचनाकाे स्वरमा आधुनिक गितकाे रेकर्डिङ

नवलपुर टुडे
२०७७ चैत्र ३० | मध्यान्ह ०३:१२ बजे

सिन्धुपाल्चोक को मेलम्ची ११ मा जन्मेका राज सर्गम र अहिलेकी चर्चित गायिका रचना रिमाल को सङ्युक्त आवाजमा आधुनिक गित अर्को जुनि होला नहोला को भर्खरै रेकर्डिङ सम्पन्न भयको छ।

रेकर्डिङ अवस्था बाटै राम्रो शब्द र मेलोडिको तारिफ पाइरहेको यो गित अतीत लामाले लेखेका हुन भने संगीत राज सर्गम आफैले दियका छन।,गाइका रचना भन्छिन ,मैले थुप्रै गित गायतापनी औंलामा गन्न मिल्ने राम्रो गित को दर्जामा यो गित परेको छ। गाउँमा राजु नामले चर्चित राज लाई मिलन दोङ ले नृत्य सिकायपछी एकाएक जिबनमा कलाकार बन्ने सपना पलाउन थालेको हो।

संगीतकार बाबुल गिरिको संगीतमा राजले तिम्रै नाउमा बोलको गित गायपश्चात हालसम्म दर्जनौ आधुनिक गितको अलवा ठूलो पर्दाको चलचित्र डोलिमा समेत गित पस्केका राजले थुप्रै म्युजिक भिडियोमा समेत मोडलिङ गरिसकेका छन।गायक राज नवल पुर टुडे सग भन्छन् यो गित मेरो ठुलो सपना हो पक्कै पनि आम दर्सक को मन यो गित ले जित्नेमा आशाबादी छु।

केही दिन भित्रै यो गितलाइ चर्चित निर्देसक रुपेश थिङ ले निर्देसन गरि भिडियो तयार गरिनेछ,निर्देसक थिङ नेपाली चलचित्र जय संभु का निर्देसक समेत हुन।

कमेन्टहरु