देश

विश्वहिन्दु महासंघकाे कार्यालयमा लुटपाट र चाेरि

नवलपुर टुडे
२०७७ चैत्र ३० | मध्यान्ह ०२:१२ बजे

चैत ३०, काठमाडौं ।
काठमाडौंको बाँसबारीस्थित विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड र चोरी भएको छ ।

प्रहरीका अनुसार महासंघको कार्यालयमा ताला फुटाइएको र केही सामान हराएको पाइएको महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । अहिले महासंघको कार्यालयमा प्रहरी पुगेको छ ।

विश्व हिन्दु महासंघकी महासचिव अस्मिता भण्डारीका अनुसार सोमबार विहान कर्मचारी पुग्दा ताला फोडिएको पाइएको थियो ।

‘भित्र अध्यक्षज्यू र मेरो कार्यकक्षका फर्निचरहरु तोडफोट भएका छन् । दराजहरु खोलिएका छन् । यहाँ भएका कागजातहरु लिएर गएको देखिन्छ’ उनले भनिन् ।
ताला फोडेर महत्वपूर्ण कागजात लगेको हुन सक्ने भण्डारीले नवलपुर टुडे लाई बताइन् ।

कमेन्टहरु