देश

आमाकाे अबस्था सार्वजानिक गर्नकाे लागि फाेटाे सार्वजानिक गरेकाे हैन – रेणु दाहाल

नवलपुर टुडे
२०७७ चैत्र ३० | मध्यान्ह १२:१२ बजे

चैत ३०,चितवन।
शनिबार भरतपुर महानगरपालिकाकी मेयर तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल काे छाेरि रेणु दाहालले आफ्नी आमा सीता दाहालको फोटो फेसबुकमा राखिन्। फोटोमा मेयर दाहालले आमा सीता र बहिनी गंगा दाहालाइ अंगालो हालेकी छन्।

सीता दाहाल छोरी रेणुको काखमा सुतेकी छन्। बहिनी गंगालाई ट्याग गरेर राखिएको फोटोमा रेणुले आमामात्रै भनेर लेखेकी छन्।

उक्त फोटोले दाहाल परिवा का सुभचिन्तम तथा दाहाल निकट मानिसहरु धेरैलाई भावुकसमेत बनाएको छ। फोटोमा सीता अत्यन्तै बिरामि देखिएकी छन्। उक्त फोटो फेसबुकमा पोष्ट गरेको १९ घन्टामै १५ हजार १ सयले कमेन्ट गरेका छन् भने २ सय ८९ सेयर भएको छ।

प्रचण्ड पत्नि सीता PSP रोगबाट पिडित छन्।आफूहरू चितवन आएको बेलामा आमासँगै दिदी र बहिनीको फोटो राखेको प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी प्रचण्ड का छाेरि गंगा दाहालले बताइन्।

‘आमाको अवस्था उस्तै छ। हिजो हामी चितवन आएका थियौं। आज फर्किन्छौं। त्यही बेलामा फोटो राखेको हो,’ उनले भनिन्,’उहाँ सिकिस्त भएर फोटो राखिएको भने होइन।’

सीतालाई अचम्मको PSP ले कसरी सताउँदैछ?

पछिल्लो समय सीता दाहालको शारीरिक अवस्था कमजोर बन्दै गएको छ। उनी साहराबिना हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेकी छिन्। निको नहुने यो रोगले उनलाई थप सताउन थालेको अवस्था छ।

PSP दुर्लभ खालको रोग हो। यो रोग एक लाख मानिसमध्ये ५-६ जनामा मात्र देखिन्छ। के कारणले यो रोग लाग्छ भन्ने अहिलेसम्म पत्ता लागेको छैन। वैज्ञानिकहरू PSP बारे अध्ययनकै क्रममा छन्।

यो रोग के हो, किन निको हुँदैन, सीता दाहालले आउने दिनमा के कस्ता अप्ठयारा झेल्नुपर्ने हुन सक्छ? यी सबै चासो लिएर हामीले कन्सल्टेन्ट न्युरोलोजिस्ट डा. इशा ढुंगानालाई सोध्यौं।

ढुगांनाका अनुसार यो रोग लागेपछि गिदी (ब्रेन)मा समस्या देखिन्छ। स्नायु तन्तुहरूमा रहेको प्रोटिनमा गडबडी हुन्छ। जसलाई टाउ प्रोटिन भनिन्छ। यो गडबडीका कारण कारण नसाहरू गुजुमुजु भएर खुम्चन्छन्। ब्रेन सुक्दै र खुम्चँदै जान्छ। ब्रेनको आकारमा परिवर्तन देखिएपछि PSP रोग लागेको निर्क्यौल हुन्छ।

ढुंगानाका अनुसार यो रोगको कारण यकिन छैन। कतिपयलाई वंशाणुगत कारणले यो रोग देखिने गरेको छ।

PSP मानसिक कारणले हुने रोग भने होइन। तर, ब्रेनमा आउने समस्याले गर्दा सोच्ने र सम्झिने कुरासँग सम्बन्धित हुन्छ। जसले गर्दा सोच्ने शक्ति कमजोर हुन्छ भने डिप्रेसनसमेत हुन सक्छ।

PSP लागि सकेपछि मानिसलाई कसरी यसले आक्रमण गर्छ त?

‘रोग लागिसकेपछि शरीरको सन्तुलन बिग्रिन्छ भने बोली र आँखामा पनि समस्या देखिन्छ,’ डाक्टर ढुंगाना भन्छिन्, ‘शरीरको चाल सुस्त भएजस्तो हुने, सन्तुलनको अभावले लडिरहने, अल्झिएलगत्तै लडिहाल्ने हुन्छ।’

ढुंगानाका अनुसार आँखाको नानी तलमाथि सार्नसमेत समस्या हुन्छ। ‘आँखाको चाल बिग्रिँदै गएपछि धमिलो देख्ने, दुई-दुई वटा चिज देखिने, स्पष्ट नदेखिनेसमेत हुन्छ,’ ढुंगाना भन्छिन्, ‘व्यक्तित्वमा परिवर्तन आउँदै जाने अनि एउटै मान्छे पनि अर्कोजस्तो लाग्ने हुन्छ।’

एउटा चरणमा पुगेपछि यो रोग लागेको मानिसले खाना निल्न सक्दैनन्। त्यो बेला पेटमा पाइप राखेर खाना खुवाउनु पर्ने अवस्था आउन सक्छ।

नेपालमा PSP रोगका बिरामी कति मात्रामा छन् भन्ने तथ्यांक छैन।
सुरूमा पार्किन्सन्सजस्तै देखिए पनि यो रोग पार्किन्सन्सभन्दा फरक हो। पार्किन्सन्सभन्दा पिएसपी रोग छिटो, छिटो बिग्रन्छ।

पार्किन्सन्सभन्दा PSP का लक्षण पनि फरक छन्। पार्किन्सन्सका बिरामीको हात काम्छ भने PSP का बिरामीको हात काम्दैन। पार्किन्सन्सका बिरामी हिँड्दा अगाडि झुकेर हिँड्छन्, जीउ झुक्छ तर पिएसपीको बिरामी पछाडि तानिन्छन्। पार्किन्सन्सका बिरामीमा आँखाको समस्या देखिँदैन। पार्किन्सन्स र PSP छुट्टाउने मुख्य आधार नै आँखाको चाल हो।

आजसम्म यसको उपचार छैन ??

PSP को उपचार उपलब्ध छैन। रोग लागेपछि उत्पन्न हुने समस्या कम गराउन मात्र चिकित्सकले उपचार विधि प्रयोग गर्दै आएका छन्। हिँड्न गाह्रो भएपछि सजिलो बनाउन लाठी, ह्वीलचेयर प्रयोगका लागि चिकित्सकले सुझाव दिने गरेका छन्। शरीर कक्रक्क पर्ने भएकाले वाटर थेरापी गराइन्छ। तातोपानीमा डुबुल्की मार्ने उपचारभन्दा पनि बिरामीको सहजताका लागि हो।

एउटा चरणमा पुगेपछि बिरामी पूर्ण रूपमा अरूमाथि निर्भर हुन्छन्। आफैं खान नसक्ने, हिँड्न नसक्ने हुन्छ। परिवारको साथ र मायाले बिरामीलाई सजिलो मात्र बनाउने हो।

बारम्बार लड्ने र डिप्रेसन बढ्ने भएकाले यस्ता बिरामीलाई परिवार र साथीभाइको साथ आवश्यक हुने ढुंगाना बताउँछिन्।
भने नेपाली राजनिकमा अग्रसर केही ब्यक्तिहरु ले भने दाहाल पुत्र प्रकाश काे मृत्यु सगै डिप्रेसन काे कारण पाे उनिमाथि यस्ताे समस्या आएकाे हाेकि?? भन्ने पनि आकलन छ।

फाेटाेसाभार सेताेपाटि

कमेन्टहरु