विश्व

म्यानमारमा सैन्य सरकारको विरोध गर्नेमाथि सेनाको आक्रमण, ५३ जनाको मृत्यु

नवलपुर टुडे
२०७९ चैत्र २८ | मध्यान्ह ०५:१२ बजे

काठमाडौ । सैन्य शासनको विरोध गर्ने म्यानमारका नागरिकमाथि सेनाले घातक आक्रमण गरेको छ । पछिल्लो आक्रमणमा परेर ५३ सर्वसाधारणको मृत्यु भएको अधिकारवादी संस्थाहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

सेनाको आक्रमणमा परेर १५ महिला र केही बच्चाको पनि मृत्यु भएको छ । सागियाङ क्षेत्रमा सेनाले हवाई हमला गरेको हो । यो क्षेत्रमा सैन्य सरकारको विरोध गर्न सशस्त्र समूह नै खडा गरिएको छ । केही समयअगाडि मात्र म्यानमारको सैन्य सरकारका प्रमुख जनरल मिन अङ लाइङले सैनिक शासनको विरोध गर्नेहरूलाई आतंकवादी भनेका थिए ।

उनले सैन्य सरकारको विरोध गर्नेहरूलाई दमन गरेर सकाइदिने चेतावनी दिएका छन् । 

कमेन्टहरु