शुद्धोधन गाउपालिका वडा नम्बर ३ वडा पूर्ण खोप सुनिश्चितता घोषणा कार्यक्रम सम्पन्न


प्रभु नाथ गुप्ता
कपिलवस्तु ।”शुद्धोधन गाउपालिकाको प्रतिबद्धता सम्पूर्ण बालबालिकाहरूमा खोप सुनिश्चितता , शुद्धोधनको पहिचान पूर्ण खोप हाम्रो अभियान “
शुद्धोधन गाउपालिका वडा नम्बर ३ वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । सबै खोप लगाउने उमेरका बालबालिकाले समयमै खोप लगाएको र अब जन्मने बालबालिकाले पनि खोप पाउने निश्चित भएसँगै शुद्धोधन गाउपालिका गाउँ कार्यपालिका लबनी स्वास्थ्य चौकी वडा नम्बर ३ लबनीले पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

शुद्धोधन गाउपालिका वडा नम्बर ३ का बालबालिकाहरु समयमै खोप सम्पूर्ण खोप पाइसकेकोले ३ नम्बर वडा पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको यस वडाका स्वास्थ्य प्रमुख अब्दुलाह मुसलमान ले बताए । संघीय नेपालको लुम्बिनी प्रदेश अन्तरगतको ऐतिहासिक कुदान र अरौराकोट,लुम्बिनी र तिलौराकोटको बीचमा पर्ने र बौद्ध कालिन प्राचीन ऐतिहासिक नाम लामेगामे बाट अपभष्ट क्रमशः लबनी नामले प्रसिद्ध प्राकृति स्रोत र साधनको धनि र शहर बजार भएको यस शुद्धोधन गाउपालिका अन्तरगतको वडा नम्बर ३ साबिक लबनी गा.बि.स.शिक्षा र स्वास्थ्य को क्षेत्रमा निकै फडको मारेर अगाडि बढेको अवस्था रहेको छ । नेपाल सरकारको संविधान २०७२ को धारा ३५ को मर्मअनुसार जन समुदायले सबै आधारभूत सेवा निःशुल्क पाउनेछन् । भन्ने अंगिकृत गरेको छ । सो अनुसार यस वडा अन्तरगतको सबै जनसमुदायको निःशुल्क सबै आधारभूत सेवा प्रदान गर्ने लक्ष्य अनुरुप लबनी स्वास्थ्य चौकी वडा नम्बर ३ निरन्तर अगाडि बढी युद्धस्तरमा काम गरिरहेको छ ।
यस स्वास्थ्य चौकी अन्तरगत ५ वटा खोप सेन्टर मार्फत खोप सेवा प्रदान गरिदै आएका छौँ । जस मध्ये स्वास्थ्य संस्थामा सेन्टर हुने ठाउँमा मात्रै भवन रहेको बाँकी ४ स्थानहरूमा खोप भवन निर्माण एकदमै अवस्यक रहेको मध्ये एकवटा स्थानमा निर्माणको प्रक्रिया रहेको छ । स्वास्थ्यकर्मी दरबन्दी अनुसार पूरा रहेको ता पनि कोभिड १९ को प्रकोपको कारणले खोप सेवा प्रदान गर्न सुरक्षा सावधानीका प्रक्रिया आपनाई सेवा अटुट रुपले प्रवाह गरिएको छ । लाईन लिष्टिङ्ग गर्दै ० देखि २३ महिनाको बच्चा तथा ५ वर्ष मुनिको सम्पूर्ण बालबालिकाहरु मध्ये शून्य डोजको कोही नरहेको र ५ वर्ष भित्रको बच्चा तथा बालबालिकाहरुको तपसील अनुसारको विवरण यस प्रकार छ ।
– ० देखि १५ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = २४८ जना रहेका छन सबै जना सेवामा निरन्तर रहेको ।
– १६ देखि २३ महिनाका हाल सेवा पाइरहेका कुल जम्मा बच्चा संख्या = १२६ जना ।
त्यसैगरी यस कार्यक्रम का प्रमुख अतिथि निसार अहमद खाँ शुद्धाेधन गाउपालिका अध्यक्ष , बिशिस्ट अतिथि सुधा देवी पाण्डेय गाउपालिका उपाध्यक्ष , बिशिस्ट अतिथि कृष्णप्रसाद ज्ञवाली प्र.प्र.अ. , बिशिस्ट अतिथि असफाक अहमद खाँ स्वास्थ्य संयोजक , बिशिस्ट अतिथि वडा नम्बर २ को वडा अध्यक्ष मनोज कुमार यादव , बिशिस्ट अतिथि रामकुमार गुप्ता , अतिथि पृथ्वीराज चौधरी जनकल्याण का अध्यक्ष , यस कार्यक्रम को अध्यक्ष महिब्बुद्दिन मुसलमान , वडा सदस्य , यस वडा का महिला स्वास्थ्य स्वयसेविका लगायत उपस्थिति हुनुभएको थियोे ।
यस वडा नम्बर ३ मा रहेको लबनी स्वास्थ्य चौकीमा आज ल्याबको उद्घाटन भएको छ । र ५०% लाग्नेछ , ५०% निःशुल्क गरिको छ ।
वडा अध्यक्ष महिब्बुद्दिन मुसलमानले बताउनुभएको छ ।























