देबेन्द्रबहादुर थापा मगरको संयोजकमा रुपन्देही जिल्ला सभा पुनर्गठन


बुटवल । मंगोल नेशनल अर्गनाइजेशन – डा.गोपाल गुरुङ संगठनले लुम्बिनी प्रदेशको रुपन्देही बुटवल सुख्खा नगरस्थित ग्रीन पार्टी प्यालेसमा शनिबार प्रशिक्षण तथा रुपन्देही जिल्ला सभा पुनर्गठन गरेको छ ।
लामो समय पछि संगठनले रुपन्देही जिल्ला सभालाई पुनर्गठन गरेको हो । सभाले देबेन्द्र बहादुर थापा मगरको संयोजकमा २१ सदस्यीय सभा गठन गरेको छ । अगामी बिस्तारित बैठकबाट छिट्टै पूर्णता दिने गरि सभा गठन भएको हो ।
कार्यक्रममा जीवन मंगाेल (संघीय सभा सदस्य तथा सञ्चार विभाग प्रमुख), विशिष्ट अथितिहरु-तुलबिर दर्लामी (संघीय सभा प्रवक्त), विक्रम लिम्बू (संघीय सभा सदस्य), पाल्साङ बम्जन (वागमती प्रदेश सभा सदस्य मुल सभा), भिम बहादुर मंगाेल (लुम्बिनी प्रदेश सभा प्रस्ताविक सदस्य) लगायतकाे उपस्थिति रहेकाे थियाे, भने रुपन्देही युवा सभा अध्यक्ष श्याम राना मगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।






















